ए! तिमि।


ज्ञात, अज्ञात
सबै-
मुखौटा जलाएर
हात-
फिँजाउदै भन्छु
मेरो-
पागलपन पनि तिमि
अनि-
आशा पनि तिमि।

हरेक रहर-
हरेक सपनाहरु
रहरहरू-
केही- कल्पना हरू
बेरङी-
केही- विपनाहरू
बेतुकको-
कल्पना, बहुलठ्ठको
पाहडको-
त्यो सानो घर
“जिन्जर क्याट, एन्ड ए पग।“

कि आउ-
समाउ हातहरु
न्यानो-
अँगालोमा बाँधेर
संसार देखाइदेउ
देखुन दुनियाँले-
तिमि र म, म र तिमि, हामी-भोली।

सुर्यास्त र सुर्योदय बिचको
अन्धकार चिर्दै
उसैको-
न्यानि स्पर्शको सागरमा
डुबुल्कि-
मार्न लालयित
मेरा-
साढे दुइसय हाडहरु
प्रत्येक- अंग-प्रत्यंग
एक-
अर्कामा बिलय हुने कल्पना।

तिमि-मम-तिमि
हामि-
सुस्तरी- सुस्तरी-एकमुष्ट
सर्बांङ्ग-
सुम्पदै देह-कफन;

सुनाउँदैछु-
सर्वत्र हारेँ म तिमिसँग
पर्दैन-
अब बाँधिराख्न मोहनीमा
जित-
तिम्रै भयो
तिम्रै भए म,
आउ-
समाउ हातहरु
नत्र-
बेहाल भए म।
Posted in , , , ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.