Tag: random musing

  • तर म जान्दछु, म पुग्दा मेरो घरले मलाई चिन्ने छैन। भित्ता पोतिएको हुनेछ। चौखटले मलाई नचिनी बस्नेछ। चुकुल अहिले कसैले तेल हालिसक्यो होला। बत्तीको स्विच अर्कैको हातले भेट्टाउने छ। र म उभिनेछु, पाहुना भएर, आफ्नै आँगनमा।

    Interested? Read more….

    शीर्षकविहीन

  • Oh, the wind is a thief and the mountains are tall, And I’m just a witness to the rise and the fall. I’m tracing the shadows where the memory stays, Trading my tomorrows for my yesterdays.

    Interested? Read more….

    The Name I once wore

  • दिनहरू चल्छन्, तर समय हिँड्दैन। चेतनाको एउटा छाल आउँछ, तिम्रो यादलाई किनारमा छोड्छ, र फेरि आफ्नै गहिराइतिर फर्कन्छ।

    Interested? Read more….

    अघोषित माया

  • तर आज, यो साँघुरो गल्लीमा उभिँदा, आफैँसँग झूट नबोल। तिमी यहाँ ल्याइएका होइनौ। तिमी आफैँ आइपुगेका हौ – थकित निर्णयहरूको बाटो हुँदै। शहरले तिमीलाई निलेको हैन। तिमीले आफैँ यसको लयसँग आफ्नो सास मिलाउन सिकेका हौ। त्यसैले त खोलाको सुसाइ अब तिमीलाई चर्को लाग्छ, र मौनताले तिमीलाई असहज बनाउँछ।

    Interested? Read more….

    सहरभित्रको अलिकति आश

  • हामी हिँडिरहन्छौँ- उज्यालोबाट अँध्यारोतिर, अँध्यारोबाट उज्यालोतिर। तर वास्तविकता कहिल्यै ठोस हुँदैन। रातभरि आफ्नै मनको तरल रूप बुझ्ने प्रयास मात्र हो, फेरि, फेरि, फेरि। बिहानीको घाम आँगनमा आइपुग्दा, अझै नखुलेको रहस्यजस्तै।

    Interested? Read more….

    फेरि, फेरि, फेरि

  • वाद्यहरूको यो सेना उठोस्; सारंगीका तार, ढोलका ठोका, बाँसुरीका श्वासहरू एउटै तालमा मिल्छन हाम्रो सङ्गीतले कागजातमा लेखिएका दावीहरू पनि बचाउन। म सारंगी हुँ- मेरो तारबाट उठ्ने ध्वनि सुन। म ढोल हुँ- मेरो ठोकाबाट उठ्ने कदम देख।

    Interested? Read more….

    वाद्यहरूको विरोध संगित

  • कहिलेकाहीँ म आफ्नै छालाबाट बाहिर निस्केको छायाँ बन्छु- छायाँ जो हिँड्छ, तर वजन महसुस गर्न सक्दैन। छायाभित्रको शरीरलाई तानेर हेर्दा आफ्नै सास काट्ने सुइँ देख्छु। लाग्छ- कुनै नाटकको पर्दा, जो बारम्बार तानिन्छ, तर अन्त्य- कहिल्यै आउँदैन।

    Interested? Read more….

    कोठाभित्रको मानचित्र

  • नोस्टालजिया पसल- कहिल्यै बन्द हुँदैन यहाँ जीवन टुक्रिन्छ र समय हुर्किन्छ, उसका अधुरा सम्झनाहरू गुनासो र मायाको छाप बोकेर मलाई बाँधिरहन्छ। म पसल छोड्न खोज्छु, तर ढोकाबाहिर निस्कँदा फेरि पसलमै फर्केको पाउँछु, “उसको अनुपस्थिति नै मेरो उपस्थितिको कारण हो।” नोस्टालजिया पसल- मभित्र छ र म यस पसलको, नियमित ग्राहक सम्झनाहरू बाँचिरहेको।

    Interested? Read more….

    नोस्टालजिया पसल

  • ती नयनका गहिराई, त्यो एकाकार अधर; ती स्पर्शका न्यानोपन हरू, अनि ति चुलबुलाहट, एक अर्कामा विलय हुने कल्पना; हराएर ती केश-राशीमा, तिमी-म, म-तिमी, हारेँ म तिमीसँग, पर्दैन अब बाँधिराख्न मोहनीमा, जित तिम्रै भयो- तिम्रै भए म। सुस्तरी-सुस्तरी-एकमुष्ट आऊ, समाउ हातहरू- नत्र बेहाल भए म।

    Interested? Read more….

    उसका लागि कविता।

  • म सीता, म माटोकी छोरी, अझै वनवासी, अझै प्रश्नवाची। कहिले जनकपुर, कहिले अयोध्या, कहिले वनवास, कहिले ऋषिको कुटी; म कहिल्यै घरकी भइन। कसरी प्रमाणित गरूँ – म यही माटोकी छोरी? कसरी देखाउँ तिमीलाई – मेरो गर्भमा हुर्किएको पीडा?

    Interested? Read more….

    लव-कुशको नागरिकता।

  • उसका पातहरूमा – लेखिएका छन् घामका अक्षर। उसको मुटुमा – कुँदिएका छन् घामकै छायाँ। उसको गन्धमा – घुलिएका छन् घामको सम्झना। उ देखिएन भने पनि बाँच्छ, उ बुझिएन भने पनि बोल्छ।

    Interested? Read more….

    घाम र फूलको प्रेम गीत।

  • stay, alive in my head a little longer. stay, so that I may go on writing poems against forgetting. stay, so, I may keep on living fighting for surviving.

    Interested? Read more….

    echoes of faded love.

  • हरेक शब्दमा, बिस्ट्याउँछौं, एके-४७ का बारुदहरू, हरेक भावहरू, ओतप्रोत हुन्छन्, लोभले, ईर्ष्या ले, घिनले, घमन्डले, अनि खोक्रो आत्मसम्मानले, थाह छैन- कसैलाई, कर्मको, बुद्धको मर्मको, को छ हिँडेको- साँच्चीकै, बुद्धले देखाएको बाटोमा?

    Interested? Read more….

    बुद्ध वाज बर्न इन नेपाल।

  • sunshine- in human form. knowing she exists, here. now. in this universe- somewhere, anywhere. too holy to touch, too human to forget. not to be held- to be known. and that knowing, softens me. my being. this joy- only a feeling, only for her being.

    Interested? Read more….

    she is not here- but she is everywhere.

  • now, it barely stands. weathering the weather, a far cry from the majesty it once bore.

    Interested? Read more….

    old house across the street..

  • सबैको एउटै प्रश्न- “किन गरिस् यस्तो?” चतुरेले हाँसेन- आँसु पोख्दै भन्यो- “मल्न, मलेर दश लाख लुपियाँ कमाउन, म, बुहिनिहरु, अनि आमालाई भात किल्न।”

    Interested? Read more….

    चतुरेको दश लाखको सपना।

  • ओजिमान्डियसको मरुभूमिमा ट्रुमन र नेपोलियनले- एकअर्काको छायाँ मात्र देखे साथमा थिए- हराइसकेका सपना बचेको थियो- शून्यको एक सानो आवाज, “उनीहरूलाई रोटी छैन? केक बाँडिदिउँ?” मरी एन्तोनेटले झ्यालबाट हेर्दै भन्दै थपिन, “राजनीति मिठो भ्रम हो।”

    Interested? Read more….

    ओजिमान्डियसको मरुभूमिमा विजयीहरूको गाथा।

  • सुर्यलाई- के थाहा उ उदाइरहेको हो कि अस्ताइरहेको छ: सर्य उदाएपनि, उज्यालोमा आफ्नै छायाँ बिझ्छ, उज्यालोले कहिलेकाहीँ- हिउँले जस्तै पोल्छ, उसले छोडेको स्पर्शको याद बनेर। सुर्य अस्ताए पनि, उज्यालोको त्यो सम्झना- मलाई पनि, मेरो छायाँहरुमा पनि।

    Interested? Read more….

    घनघोरका आँधिपुराणहरू।

  • तर, सत्यचहिँ के हो भने, मान्छे बलेको आगोनै ताप्ने रहेछ, सायद त्यसैले होला, अहिले भिमको गधाको गर्व कसैले गर्दैनन्, युधिष्ठिरको इमानको चर्चा कसैले गर्दैनन्, अभिमन्युको गर्विलो चर्चा कसैले गर्दैनन्, भिष्मपितामहको तपष्याहरूको वृतान्त कोहि सुनाउँदैनन्, र आर्जुनको साहसी गित कोही गाउँदैनन्।

    Interested? Read more….

    अनुत्तरित खल्दुलीहरू।

  • देशभक्ति; खुकुरीको धारसँगै चम्किएको थियो रे कुनैबेला, वीरहरूको गर्जनसँगै गर्जिएको थियो रे कुनैबेला, म, यति बेला इतिहास खाएर आफ्नो भोक टार्न सक्दिन, मलाई बलभद्रसँगै देशभक्तिले शाहदत पाएको थाह छ, मलाई अमरसिंहसँगै देशभक्तिले अवकाश लिएको थाह छ, मलाई भीमसेनसँगै देशभक्ति सेरिएको पनि थाह छ।

    Interested? Read more….

    देशभक्ति।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.