
kafkaintherun
who tells the birds where to fly?
Category: Nepali
-
कोरोना भाइरस वा कोभिड-१९ के हो र कसरी लाग्छ भन्नेबारे अध्ययन भएका छन्, तर कोभिड-१९ को संक्रमणपछि शरीरमा कस्ता परिवर्तन आउँछ तथा लङ-कोभिड हुन्छ भन्नेबारे अझै धेरै अध्ययन गर्न बाँकी छ। यसै सन्दर्भमा, कोभिड-१९ पछि देखिने दीर्घकालीन असरहरू कोभिड-१९ को कारण मात्रै नभई संक्रमणका बेला टाउको उठाउने हाम्रै शरीरका लुकेका शत्रुहरू हुन सक्छन् कि भनेर…

-
We humans have come this far by surviving many kinds of catastrophe over our evolution. Having split from the common ancestor we share with the other primates, the apes, nearly 5 million years ago, we are very new compared with many other species in nature. We became modern humans by enduring the genetic bottleneck caused…

-
हामी मानव प्रजाति आफ्नो विकाश क्रममा धेरै खाले विनाशहरूको सामना गर्दै यहाँसम्म आइपुगेका हौँ। प्राइमेट, बाँदरहरूको सह-पुर्खाबाट झन्डै ५० लाख वर्षअघि छुटेका हामी प्रकृतिका अन्य कतिपय प्रजातिको तुलनामा धेरै नयाँ छौँ। टोबा ज्वालामुखी र जलवायुको परिवर्तनको आनुवंशिक (जेनेटिक) बोटलनेक, हिमयुगको कठोरता र अनेक भौगोलिक असुविधा र सिमानाहरू सामना गर्दै हामी आधुनिक मानिस बनेका हौँ। हाम्रो…

-
मिर्गौला या जुनकुनै अङ्ग फेर्दा (ट्रान्सप्लान्ट गर्दा) जीवनभरि इम्युन-सप्रेरसर (रोग प्रतिरोधात्मक प्रणालीलाई दबाउने औषधी) प्रयोग गर्नुपर्ने हुन्छ। इम्युन-सप्रेसरको प्रयोगले केही साइड इफेक्ट पनि हुन सक्छन्, जसबारे धेरै अनुसन्धान भएका छन्। इम्युन र इम्युन -सप्रेसरले कसरी काम गर्छ भनेर थाहा भएको मैले त्यसबारे लेख्दै इम्युन सप्रेसरको प्रयोगले ५ प्रतिसतभन्दा कम मानिसमा हुने साइड इफेक्टबारे जनसमुदायमा चलेको…

-
क्यान्सरलाई लामो समयसम्म कोष (सेल) हरूमा हुने उत्परिवर्तन (म्युटेसन) को कारणले हुने समस्या भनेर बुझिन्थ्यो। प्रत्येक कोषमा हुने डिएनएको उत्परिवर्तन क्रमशः सँगालिँदै जाँदा क्यान्सर लगाउन सक्ने ट्युमर बन्ने सम्भावना हुन्छ। त्यस हिसाबले, जति धेरै कोष भएको प्राणी, त्यति धेरै क्यान्सर हुनुपर्ने हो। तर वास्तविकता उल्टो छ: मुसालगायत साना प्राणीहरू र ठूला जस्तै हात्ती र ह्वेलजस्ता…

-
बिसौँ शताब्दीको शुरूवातका दशकमा आनुवंशिक/जेनेटीक सूचनाहरू प्रोटिनले सञ्चय गर्छ भन्ने धेरैलाई लाग्थ्यो। हुन पनि शरीरमा अनेकौँ जटिल कार्यहरू गर्ने भिन्नभिन्न स्वरूपका धेरै थरी प्रोटिन हुन्छन्। त्यो समय, कोषको केन्द्रमा पाइने डीएनएजस्तो सामान्य अणुले जेनेटीक सूचना राख्न सक्छ भनेर कसैले पनि सोचेका थिएनन्। सन् १९५३ को मार्चमा वाट्सन र क्रिकले डीएनएको संरचनाको पूर्ण मोडल बनाए। अर्को…

-
डीएनए आविष्कारका लागि निकै पछिसम्म श्रेय नपाएकी उनलाई आधुनिक भाइरोलोजीले उच्च श्रेय दिएको छ, उनले गरेको कामकै आधारमा अझै पनि कतिपय भाइरसको अनुसन्धान हुने गर्छ। सन् १९६१ सम्म रोजालिन्ड बाँचिराखेकी भए सायद उनले पनि पो त्यो नोबेल पुरस्कार पाउँथिन् होला कि, विल्किन्सको सट्टा। अहिले सोच्न त पाइयो, तर इतिहासमा धेरै रोजालिन्ड छन्, यस वर्षको नोबेल…

-
तर म जान्दछु, म पुग्दा मेरो घरले मलाई चिन्ने छैन। भित्ता पोतिएको हुनेछ। चौखटले मलाई नचिनी बस्नेछ। चुकुल अहिले कसैले तेल हालिसक्यो होला। बत्तीको स्विच अर्कैको हातले भेट्टाउने छ। र म उभिनेछु, पाहुना भएर, आफ्नै आँगनमा।

-
मिनपचासको जाडोमा कठ्याङ्ग्रिएको देश- यहाँ मौसम होइन, विवेक चिसिएको छ। अफसोस, हामीलाई त कठ्यांग्रिनुमै ‘निशाचर’ आनन्द छ।

-
इतिहासले सोध्नेछ, त्यो कालो सेप्टेम्बरपछि देशमा के फेरियो? थाहा छैन हामी के भन्नेछौँ, यहाँ जब सुसासन खोज्दै बितेका सपनाहरू निर्वाचनको कच्चा पदार्थ बनाएर नयाँ मसिहाहरूले बोक्न थालेका छन्। म आक्रोशित छैन, आक्रोश त ऊर्जा हो। म थाकेको छु, रियालिटी सो बनेको देशमा नयाँ भविष्यको विपनाले, अब रमिता छ।

-
यो पार्टी न इतिहासले बाँचेको हो न चुनावले, न बी.पी.को नामले। यो, लाज बाँकी रहेसम्म मात्र बाँच्छ। र जब लाज पनि सकिन्छ- तब पार्टी इतिहास होइन, स्मारक बन्छ।

-
दिनहरू चल्छन्, तर समय हिँड्दैन। चेतनाको एउटा छाल आउँछ, तिम्रो यादलाई किनारमा छोड्छ, र फेरि आफ्नै गहिराइतिर फर्कन्छ।

-
पृथ्वीनारायण! तिमी आयौ? सिंहदरबारको गेटमा उभिएको सालिकले ठड्याएको औँला अब देश हाँक्ने बाटो होइन, युवाहरूलाई ‘एयरपोर्ट’ को बाटो देखाइरहेछ।

-
कामरेड, तिमी फर्कियौ, बा–पुस्ताको आवाज लिएर। दाउरा सुरुवालको स्मृति अझै बाँकी थियो। महल, कुर्सी, र भाषणहरूले त्यो स्मृति मेटाए। हामी सुन्दै बुढा भयौँ, सपना नबोलिकन। हामी उभियौँ, नामसहित, अर्थविहीन।

-
तर आज, यो साँघुरो गल्लीमा उभिँदा, आफैँसँग झूट नबोल। तिमी यहाँ ल्याइएका होइनौ। तिमी आफैँ आइपुगेका हौ – थकित निर्णयहरूको बाटो हुँदै। शहरले तिमीलाई निलेको हैन। तिमीले आफैँ यसको लयसँग आफ्नो सास मिलाउन सिकेका हौ। त्यसैले त खोलाको सुसाइ अब तिमीलाई चर्को लाग्छ, र मौनताले तिमीलाई असहज बनाउँछ।

-
यो सहर मेरो रोजाइ होइन- मेरो थकानको निरन्तरता हो। यहाँ समय बग्दैन, ऊ मेरो नाडीभित्र थाकेर अड्किन्छ, र दिनहरू हिजोका अधुरा बोझ बोकेर फेरि उठ्छन्।

-
हामी हिँडिरहन्छौँ- उज्यालोबाट अँध्यारोतिर, अँध्यारोबाट उज्यालोतिर। तर वास्तविकता कहिल्यै ठोस हुँदैन। रातभरि आफ्नै मनको तरल रूप बुझ्ने प्रयास मात्र हो, फेरि, फेरि, फेरि। बिहानीको घाम आँगनमा आइपुग्दा, अझै नखुलेको रहस्यजस्तै।

-
सन् १७७५ मा पृथ्वीनारायण बित्दै गर्दा जन्मिएका नाति रणबहादुर जम्माजम्मी ३१ वर्ष बाँचेका थिए। उनको राजकाज वा उनी जिवित रहँदा दरबारमा भएको भाँडभैलो सायद अरू कुनै बेलको नेपालमा भएको थियो होला।

-
हाम्रो स्मृतिमा, अझै धुवाँ बाँचिरहेको छ, अझै आकाश भाँचिँ नै रहेको छ। देश थकानको दिशामा, आफ्नै गतिमा घस्रिरहेको छ। हामी- ध्वंसलाई विकास भनिरहेका छौं, र हरेक भत्किएको घरभित्र आफ्नो डर सुरक्षित राखिरहेका छौं।

- Articles (40)
- English (35)
- English Poetry (9)
- History (15)
- Letters (6)
- Monologues (8)
- Musings (31)
- Nepali (61)
- Nepali literature (46)
- Nepali Poetry (48)
- Poetry (52)
- Published Articles (14)
- Ramblings (47)
- Science (14)
- Stories (2)
- October 2026 (8)
- September 2026 (6)
- June 2026 (3)
- May 2026 (1)
- April 2026 (1)
- February 2026 (2)
- January 2026 (8)
- December 2025 (6)
- November 2025 (6)
- October 2025 (6)
- September 2025 (2)
- August 2025 (7)
- July 2025 (3)
- June 2025 (4)
- May 2025 (4)
- April 2025 (27)
- March 2025 (6)
- December 2024 (1)
- October 2024 (1)
- September 2024 (1)
- March 2023 (1)
- February 2023 (1)
Biology (6) cancer (7) DNA (8) genetics (6) hinduism (6) History (11) literature (61) love (8) love poems (7) Mesopotamia (6) molecular biology (6) muse (25) Musing (24) Nepal (34) Nepali (5) Nepali Poetry (6) nepali politics (19) New York (12) nostalgia (6) Poetry (58) random musing (31) romance (10) romantic (5) Science (7) Sumer (7) Writing (46) कविता (6) नेपाल (41) नेपाली कविता (21) नेपाली साहित्य (5)
who tells the birds where to fly?
© 2025 all rights reserved. Designed with WordPress.
