हतार, चटार, लतार- कोकोहोलो अनि- विवशता मेरो राष्ट्रियता- मेरो नेपाल- राम्रो नेपाल।
यो सडक, त्यो सडक- मान्छे, मोटर-पोखरी छिचोल्दै, निस्किएको- रहेछ त्यो जुलूस; किन?- खै। कसका लागि?- खै। के का लागि?- खै।
सुनेर- भनेर आएको, हाम्रो पार्टी, अर्को पार्टी, फेसबुक, ट्विटर, युट्युब- नास्ता-खाजाको लागि, कतै लुट्नै पो- पाइन्छ कि भनेरे आएको।
उल्टा पाइला- उल्टा हात, उल्टो शीर- गति उल्टो, यात्रा उल्टो, गन्तव्य उल्टो- उत्साह- असिम, मानौं: पहिलो- सुल्टो जुलूस हो इतिहासको।
बुद्ध वाज बोर्न इन नेपाल, रेल, पानीजहाज- यो, त्यो- सबैजना शहीद, तिमीहरू “गणे”- हामी “मण्डले”, हाम्रो रबि- राम्रो रबि- राजा आउ- देश बचाउ, जस्तो के.पु.से.- दुर्गे छान्न्ने- सबै उस्तै- सबै हनुमान- सबैको पुच्छर लामो, हजारौं मुद्दा- अनगिन्ती रमिता।
न जोडेर, न घटाएर- सावित गर्न सक्छ ऊ, अनवरत अस्तित्व-यात्रा- सवेरै हायनाहरू हाँस्छन्, सम्साँझै कुखुरा बास्छन्।
अस्तित्व खोज्दै- हराउँदै- भुल्दै- युगौँदेखि- जिन्दगी रमिरहेको थियो,
पहाड मन: अस्तित्व यात्रामा समय — यन्त्र- सम्झनाहरू बजाइदिन्छ।
Leave a comment