जीवन- स्वप्न हो कि यथार्थ- कि हाम्रै मस्तिष्कले बनाएको जेल, जहाँ हामी सपनाको विपनामा साँझलाई भेटाउँछौँ।
सस्तो-महँगो- कस्तो, को, के-को हो यो मापन? कागज जस्तै च्यातिएको मन। जसको आँखा छैनन्, जसले मनको हिसाब कहिल्यै गर्न जानेनन्, उनीहरूले आफूखुसी मूल्य तोक्छन्।
समयको आँधी- छाल बनेर जति उडाउँछ, त्यति नै- सीमाले बाँधिन्छु, कागज जस्तै, च्यातिएको मन फेरि टाँसिन्छ? मनको साहस, हावाजस्तै उड्यो आकाशभरि।
हावा त- सस्तो नै छ, तर तिमि के त्यो बिना- बाँच्न सक्छौ? दहभित्र- सुस्केराहरु निदाए हावा चल्दा- तरङ्गिन्छ मन।
धुवाँ जस्तै- बिलायो समय अवशेष मात्र बाँकि; पुरानो सम्झना, के त्यो जीवन हो? कि स्मृतिको लहर? शायद प्रेमको, शायद अनुपस्थितिको।
म शब्द बेच्दिनँ, केवल अनुभुति सुनाउँछु- मूल्य त- तिनैले तोक्छन्, जो महसुस गर्न सक्छन।
घामको आभासले छुँदा पनि भित्र- भित्र कस्तो चिसो अनुभुति:
यो सब अनुभव, घामको आभास, घामको- आभासको कस्तो चिसो यो अनुभुति।
Leave a comment