अनुत्तरित खल्दुलीहरू।


भनिन्छ,
अहिले यस भुगोलमा,
सतीको श्राप परेको छ,
यसैले हरेक समयमा-
कृष्ण उभिएको धरतीबाट,
र स्वयम कृष्णको घरहरु बाट,
कृष्णले बोकेका आस्थाहरु ढल्दैछन,
कृष्णले उठाएका विश्वासहरु ढल्दैछन।

पूर्खाहरु भन्ने गर्थे-
शिव- सर्जक हो,
कृष्ण- सत्य हो।

सृष्टिका यि सत्यहरु,
कहिल्यै मायावी जालमा पर्दैनन्,
ऐश आरामको सपना देखाएर,

कृष्णको सत्यलाई जित्न सकिँदैन,
तर, अहिले मैले,
हाम्रा पूर्खाका यी शब्दलाई दोर्याएँ भनेँ,
मलाई बहुलाएको आरोप लाग्छ,
र पूर्खाका यी परम्परालाई,
मैले मानिनँ भने,
मलाई वंशद्रोहको आरोप लाग्न सक्छ्।

तर,
सत्यचहिँ के हो भने,
मान्छे बलेको आगोनै ताप्ने रहेछ,
सायद त्यसैले होला,
अहिले भिमको गधाको गर्व कसैले गर्दैनन्,
युधिष्ठिरको इमानको चर्चा
कसैले गर्दैनन्,
अभिमन्युको गर्विलो चर्चा
कसैले गर्दैनन्,
भिष्मपितामहको तपष्याहरूको
वृतान्त कोहि सुनाउँदैनन्,
र आर्जुनको साहसी गित कोही गाउँदैनन्।

भनिन्छ,
शिखर चड्न हिंडेको मान्छे,
फेदिमै अल्मलियो भने,
त्यसले शिखर कहिल्यै टेक्दैन
-- कहिल्यै टेक्दैन।
Posted in , , , ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.