घनघोरका आँधिपुराणहरू।


मन त आँफै- 
यौटा समुन्द्र,
शब्दविहिन, तर-
लहरहरुले भरिएको,
न काहिँ थालिन्छ,
न काहीँ टुंगिन्छ।
मन त आफैं-
यसै चलायमान हुन्छ,
कसैको आदेशमा चल्दो रहेनछ,
कुनै बादलको ओढारजस्तो
आफ्नो डरबाटै बगिरहन्छ।

कतैबाट यौटा-
अनुहार देखा पर्छ
अस्पष्ट- अधुरो,
त्यो अनुहार-
तिम्रो हो कि मेरो
धुवाँलिएको आफ्नै प्रतिविम्ब
समयको ऐनाले खोपेको मुहार,
या सम्झनाका रहरहरू,
जुन मसँग छैन, तर
जसले मलाई हरेकपटक,
त्यही तलाउमा छाडी दिन्छ,
तलाउ नबोले पनि,
पग्लिरहेने समय।

सुर्यलाई-
के थाहा उ
उदाइरहेको हो कि
अस्ताइरहेको छ:
सर्य उदाएपनि,
उज्यालोमा आफ्नै छायाँ बिझ्छ,
उज्यालोले कहिलेकाहीँ-
हिउँले जस्तै पोल्छ,
उसको स्पर्शको याद बनेर।
सुर्य अस्ताए पनि,
उज्यालोको त्यो सम्झना-
मलाई पनि,
मेरो छायाँहरुमा पनि।

हावा चलिरहेको छ-
सँधै नै चलि रहन्छ,
हावाको कुनै सिमाना हुँदैन,
मन जस्तै- बगिरहने,
कहिले ठोस बन्न नसक्ने,
थाम्न खोज्दा झन बग्ने चाह।
तलाउलाइ आदेश-
दिन सकिन्न,
समयलाई-
थाम्न खोज्दा- खोज्दै
म त यसै
बग्न थालिसके छु।

म बगिरहेछु-
हावा जस्तै,
छायाँ जस्तै,
सम्झनाको धुवाँ जस्तै।
एकछिनलाई लाग्छ
उसलाइ एकफेर बोलाउने
मनभरिका सबैकुरा खोल्ने-
शब्दहरूको के अर्थ छ र
जब उसको त्यो आकृति
कहिल्यै स्पष्ट भएन।

तरल यो मन-
तलाउ नचलाए पनि
तलाउको गहिराइमा
डुबिरहने डर।
उसले भनेको मानेर-
म पनि त मौन नै बसेँ
तर मनले मानेन-
मौनता पनि उत्तर
हुन सक्छ, तर-
मौनतामा बाँच्न
सिकिसके पछि अब:
शब्दहरू- न्यानो रहेनन्
प्रश्नहरू- प्रश्न रहेनन।

तलाउको गहिराइ-
शून्यताको साक्षी,
उज्यालो भन्दा पुरानो,
बाँच्न भन्दा पहिले;
तलाउ बग्दैन, सुन्दैन
मौन आदेश दिइरहन्छ,
फेरि तलाउको शान्ति-
भत्काउन पनि त सक्दिन।
भित्र-
घनघोरको आँधीपूराणहरू,
केही पग्लिरहेको,
मलाई तानिरहेको,
जहाँ सम्झना सधैं-
विषाद बनि पोली रहन्छ।

समयसँगै-
सङ्लिन्छ सबै भन्थ्यौ,
तलाउमा डुब्न डराउँछु,
अनि शान्त तलाउभित्र,
सङ्लिन खोज्दा हराउँछु।
सङ्लिनु भनेको के हो-
हराउनु कि बाँच्नु?
समय त-
आफैं भुल्न सक्दो रहेनछ,
हराउनेहरू कहिले नबिर्सने,
समयले त-
मलाइ त्यतै बाँधि राखेछ,
अझैपनि विथोल्न छाडेको छैन।

शरीर-
स्थिर छ, तर,
मन- कहिल्यै रोकिँदैन
भित्र कतै उर्लिरहेको
देखिने आँधी-
नितान्त अदृश्य
घनघोरको आँधिपुराणहरू,
शब्दहरूमा– बोलिन्छ, लेखिन्छ,
उसले देखिन, मैले लुकाएँ।
रुन्छु, हाँस्छु, बग्छु
हावालाई बाँध्न सकिँदैन,
म भित्रको हावा,
कहिल्यै रोकिँदैन-
बगिरहेको छु,
थुनिइरहेको छु,
मेरो छायाँले-
कहिल्यै बिश्राम लिँदैन।
Posted in , , , ,


Leave a comment

One response to “घनघोरका आँधिपुराणहरू।”


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.