कालो बिरालो, हामी।


पुस्सि क्याट-
कालो बिरालो
निस्कियो:
लन्डन यात्रामा,
भेट्न- रानीसँग।

नियात्रा:
प्रश्न: के देख्यो?
उत्तर: सानो मूसो।
झम्टियो-मर्यो-खायो,
रानी-लन्डन?
हु केयर्स!

देख्यो- सके जति
गर्यो- सक्ने जति
बाँधिएको-
चेतना,
विवेक,
चाहना,
आशक्ति,
कर्म-फेट, ह्वाटईभर!

हामी जस्तै,
यौटा अपरिहार्यता,
बाँच्नुपर्ने,
जति लुटिए पनि
जति मिचिए पनि
निशामग्न वर्तमानमा,
बुजो लगाएर,
चुप-चाप।

मानौँ;
पर्दाभित्रका आँखा,
बाँधिएका हात,
वर्जित ओठ,
जकडिएका पाइताला;
आक्रान्त-आजित
लज्जित-नाङ्गो
तैपनि,
श्वास-प्रश्वास,
चलिरहेको छ,
एडप्टेड हामी,
ओभर पेसेन्ट;
धैर्यवान-सहनशील।

हरेक भावहरू,
ओतप्रोत हुन्छन्,
लोभले, ईर्ष्या ले,
घिनले, घमन्डले,
अनि खोक्रो-
आत्मसम्मानले,
मान्छे;
भएर पनि –
हुन नसकेको;
बाँचेर पनि-
जिउन नसकेको।

हामी;
कालो बिरालो,
वा,
त्यो पनि-
हुन नसकेको,
बिकज;
पुस्सि-क्याट,
फ्राइटेन्ड-
दि माउस
अन्डर दि चेयर;
हामीले,
सकेनौँ-
अहँ- चाहेनौँ।

जगदिश घिमिरेको संझनामा।
Posted in , , ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.