म, तिमी, हामी


हामी:
धुलो र इच्छाको द्वन्द्व।
दुई आत्माहरू -
भाँचिएका,
प्रतिबिम्बित,
न पूरै,
न हराएका।
Thesis:

म,
आक्रान्त,
आजीत,
थकित,
चकित,
मौन,
एक्सप्रेशनलेश,
निठुर,
निफल -
तैपनि,
सजीव,
एडप्टेड,
जीजिविषा बोकेर
हाँस्दै,
खुसी हुँदै,
जीवनलाई अँगाल्दै,
बाँच्नै पर्ने,
रम्नै पर्ने।

Anti-Thesis:

You -
Drop - dead.
Exquisite.
Brill.
A thrill,
Abstruse,
Delphic.
Aplomb,
Sang-froid.
Churlish, brusque,
Yet timid, meek.
And still,
Winsome.
Sometimes all at once.
Other times, none.
Dubious -
Not sure
If I enamor
them all,
Or if
Amoral me
Is just
Asinine.

Synthesis:

हामी:
धुलो र इच्छाको द्वन्द्व।
दुई आत्माहरू -
भाँचिएका,
प्रतिबिम्बित,
न पूरै,
न हराएका।

तिमी- म मेट्न नसक्ने रहस्य।
म- तिमीले बसोबास गर्ने मौनता।
हामी -
सन्तुलन होइन,
गति।

हामी त्यो धमिलो सीमारेखा हौं
बन्ने र विघटनबीच,
जहाँ विरोध नै घर हो,
र प्रेम -
उत्तर नचाहिने प्रश्न।

हामी -
बन्दै र बिग्रँदै जाने
एक धमिलो रेखा।

Posted in , , ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.