Category: Nepali literature

  • हरेक शब्दमा, बिस्ट्याउँछौं, एके-४७ का बारुदहरू, हरेक भावहरू, ओतप्रोत हुन्छन्, लोभले, ईर्ष्या ले, घिनले, घमन्डले, अनि खोक्रो आत्मसम्मानले, थाह छैन- कसैलाई, कर्मको, बुद्धको मर्मको, को छ हिँडेको- साँच्चीकै, बुद्धले देखाएको बाटोमा?

    Interested? Read more….

    बुद्ध वाज बर्न इन नेपाल।

  • भुपी, हिजो तिमीले तिम्रो चोकमा रोग, भोक र शोक देख्यौ, “देशको नाभी” त्यही चोकमा आज धेरै थोक थपिएको छ। ती चोकहरूका भित्तामा, पुरुषहरूले इतिहास लेख्दै गर्दा, टाउकोमा पानीको घाम बोकेर कविताको छायाँ बनेर बाँचिरहेकी मानुषी देखेनौँ, उसको शरीर देखेनौँ, उसको आत्माको चित्कार के तिमीले देख्यौ त्यो चोकको छेउमा चुपचाप टोलाउँदी मानुषी? उसको स्वर तिम्रा कविताबाट…

    Interested? Read more….

    मानुषी: भुपीसँगका थाँती संवाद।

  • हामी: धुलो र इच्छाको द्वन्द्व। दुई आत्माहरू – भाँचिएका, प्रतिबिम्बित, न पूरै, न हराएका।

    Interested? Read more….

    म, तिमी, हामी

  • जसलाई कहिल्यै घडीले देखाउँदैन, तर सँधै आकाशले नियालिरहन्छ। आकाश खुल्ला थियो– हावासँगको असमझदारी जारी थियो, त्यो मौन बगैंचामा स्मृतिको। उसको गुलाबी गालामा बादल बिसाएझैँ लाग्थ्यो, जहाँ सूर्य अस्ताउँदै थियो– तर सामान्य अस्त होइन– हाम्रो सम्बन्धको अन्तिम उज्यालो।

    Interested? Read more….

    साँझको मौनता।

  • नियात्रा: प्रश्न: के देख्यो? उत्तर: सानो मूसो। झम्टियो-मर्यो-खायो, रानी-लन्डन? हु केयर्स! देख्यो- सके जति गर्यो- सक्ने जति बाँधिएको- चेतना, विवेक, चाहना, आशक्ति, कर्म-फेट, ह्वाटईभर!

    Interested? Read more….

    कालो बिरालो, हामी।

  • ओजिमान्डियसको मरुभूमिमा ट्रुमन र नेपोलियनले- एकअर्काको छायाँ मात्र देखे साथमा थिए- हराइसकेका सपना बचेको थियो- शून्यको एक सानो आवाज, “उनीहरूलाई रोटी छैन? केक बाँडिदिउँ?” मरी एन्तोनेटले झ्यालबाट हेर्दै भन्दै थपिन, “राजनीति मिठो भ्रम हो।”

    Interested? Read more….

    ओजिमान्डियसको मरुभूमिमा विजयीहरूको गाथा।

  • सुर्यलाई- के थाहा उ उदाइरहेको हो कि अस्ताइरहेको छ: सर्य उदाएपनि, उज्यालोमा आफ्नै छायाँ बिझ्छ, उज्यालोले कहिलेकाहीँ- हिउँले जस्तै पोल्छ, उसले छोडेको स्पर्शको याद बनेर। सुर्य अस्ताए पनि, उज्यालोको त्यो सम्झना- मलाई पनि, मेरो छायाँहरुमा पनि।

    Interested? Read more….

    घनघोरका आँधिपुराणहरू।

  • तर, सत्यचहिँ के हो भने, मान्छे बलेको आगोनै ताप्ने रहेछ, सायद त्यसैले होला, अहिले भिमको गधाको गर्व कसैले गर्दैनन्, युधिष्ठिरको इमानको चर्चा कसैले गर्दैनन्, अभिमन्युको गर्विलो चर्चा कसैले गर्दैनन्, भिष्मपितामहको तपष्याहरूको वृतान्त कोहि सुनाउँदैनन्, र आर्जुनको साहसी गित कोही गाउँदैनन्।

    Interested? Read more….

    अनुत्तरित खल्दुलीहरू।

  • देशभक्ति; खुकुरीको धारसँगै चम्किएको थियो रे कुनैबेला, वीरहरूको गर्जनसँगै गर्जिएको थियो रे कुनैबेला, म, यति बेला इतिहास खाएर आफ्नो भोक टार्न सक्दिन, मलाई बलभद्रसँगै देशभक्तिले शाहदत पाएको थाह छ, मलाई अमरसिंहसँगै देशभक्तिले अवकाश लिएको थाह छ, मलाई भीमसेनसँगै देशभक्ति सेरिएको पनि थाह छ।

    Interested? Read more….

    देशभक्ति।

  • कार्की दाइलाई सोधेँ – “दाइ, तपाईँलाई राजा चाहिने कि राष्ट्रपति?” उनि फिस्स हाँसे, तर त्यो हाँसो हाँसो थिएन, तर त्यो हाँसो – सडकमा लडेको सपना जस्तै, टुक्रिएको थियो। भोक, थकाइ, र झोकको घोल थियो। “रामे-ज्ञाने जो आएपनि जो भएपनि के हुने हो र? एपटक हटाएर नयाँ संविधान त बनिसक्यो- म त अझै पनि बिहानको छाक…

    Interested? Read more….

    कार्की दाई, राजा, गणतन्त्र। 

  • भिडको- एकान्तमा फक्रिएको मोहक उन्माद, एकनासको बेहोसीपछी देखा परेको, एक सुन्दर सपना। देख्न नसकिने तर ओठमै अल्झिएको एक अस्फुष्ट चित्कार सुर्यास्त पछिको अन्धकार जस्तै मनको एकान्तमा अझै केही उज्यालो बाँकी छ। मनभित्र- गुँड बनाउनेले किन होला बारम्बार खोज्ने उड्नलाई? आकाश अझै फाटेको छैन सपना भत्किँदै जान्छ- अर्धचन्द्रमा बनेर। केही चर्किने- कही भत्कने अर्ध- सपना, अर्ध-…

    Interested? Read more….

    मौन प्रतिबिम्ब

  • तिमीले सोधेको कुरा सोध्न सक्दैन कसैले; किन भाग्यो उ सबैदेखी? के ज्ञान केवल जङ्गलमा मात्रै फुल्छ? के दरवारमा ज्ञान सम्भब थिएन? बाधक थियो कि तिम्रो प्रेम? बाधक थियो कि शीशुको त्यो मुस्कान? बाधक थियो कि राजमहला सुनौला झ्यालहरू? सर्वज्ञान सम्पन्न भूतपूर्व राजकुमार आज- उसको मौनताको अर्थ के यसोधरा? तिम्रो प्रशनको उत्तर के त्यही हो त?

    Interested? Read more….

    मौन बुद्ध।

  • मलाई विश्वास छ, मेरा- शब्दहरू- सपनाहरु- सम्भावनाहरूबाट, हुर्काउँदै गरेको- नयाँ बिहानीको सुषुप्त भ्रुण- भोली- स्वतन्त्र र स्वच्छ रानीपोखरी, र हाँसीलो- धरहरा बनेर आउनेछ, अवस्य आउनेछ। त्यो बिहानी-जहाँ- नयाँ दिनका किरणहरू, अन्धोझ्याल खोलेर चिहाउने हैन, ढोकाहरू ढकढक्याएर प्रकाशको लहर घामको उपहार बनि भित्र छिर्र्छन्। जसले- सारङ्गीजस्तो पेट लिएर घाम रेग्ने गोरेटो पार गर्नेहरुको भोक र पीडाका…

    Interested? Read more….

    म गर्भवति मान्छे, मलाई ..

  • ज्ञात, अज्ञात सबै- मुखौटा जलाएर हात- फिँजाउदै भन्छु मेरो- पागलपन पनि तिमि अनि- आशा पनि तिमि। हरेक रहर- हरेक सपनाहरु रहरहरू- केही- कल्पना हरू बेरङी- केही- विपनाहरू बेतुकको- कल्पना बहुलठ्ठको पाहडको- त्यो सानो घर “जिन्जर क्याट, एन्ड ए पग।“

    Interested? Read more….

    ए! तिमि।

  • यो सडक, त्यो सडक- मान्छे, मोटर-पोखरी छिचोल्दै, निस्किएको – रहेछ त्यो जुलूस; किन?- खै। कसका लागि?- खै। के का लागि?- खै।

    Interested? Read more….

    मेरो निन्द्रा। मेरो देश।

  • उनीहरु- शीवलाई सर्वशक्तिमान मात्र देख्ने, विष्णुलाई पालक मात्र देख्ने, रामलाई न्यायी मात्र देख्ने, कृष्णलाई आदर्श-पूरुष बनाउने। मैले- शिवलाई भाङ्ग-धतुरो खाने पनि देखेँ, मैले व्रिन्दालाई गरेको छल पनि देखेँ, मैले सीतामाथी गरेको अन्याय पनि देखेँ, मैले कृष्णको छल-कपट पनि देखेँ। मैले भनेँ- कृष्ण ‘क्यासानोभा’ थियो; उनीहरूको निधार खुम्चियो, ओठ बटारिए- अनि- फ्याट्ट प्रतिउत्तर आयो- “तँ बहुला…

    Interested? Read more….

    हो, म बहुला हुँ।

  • देखिरहन्छु- सपनाहरू विपनामै, परीपरीका, थरीथरीका, रङ्गविरङ्गका, तर अनुभव गर्न सक्दिनँ, अँगाल्न पाउँदिनँ, अनि यथार्थले किच्छ। त्यसपछि सोच्छु- कस्का लागि हुन् यी सपनाहरू? केका लागि हुन् यी सपनाहरू? भक्कानिएर आउँछ, दुख्छ छाती।

    Interested? Read more….

    सपनाका यथार्थहरू।

  • हुल बाँधेर- एकोहोरो ताली बजाउने, स्वप्न स्वर्ग- स्वप्न वर्तमान, नस्ट्याल्जिया फ्यान्टासीमा- अडिएको- अनवरत अस्तित्व यात्रा, मानौं पहिलो सुल्टो जुलूस हो इतिहासको। सबेरै- हाइना हाँस्छन्, साझै- कुखुरा बास्छन्; नयाँ बिहान? गोधूलिमै हराउँछ। उल्टो हात- उल्टो पाइला- उल्टो ताल- उल्टो चाल, यस्तै छ- यहाँको हाल।

    Interested? Read more….

    भावसुन्य:

  • फेरी कलमले बामे सर्न खोज्दैछ, यो कविता लेख्ने हुटहुटी यस्तै, लागेपछि छुट्नै गाह्रो । लेखिएका कुराहरू ट्विटर र ब्लगमा हाल्दै गर्छु। यो मनोवाद, यी कविताहरु मेरा लागि नै हुन, भित्र गुम्सिएका आवाजहरूलाई बाहिर निकाल्न। मलाई थाहा छ, लेखिएका मानिसले सायद कहिल्यै पढ्नेछैन्, वा बुझ्ने छैनन्। तर म लेखिरहन्छु, किनकि मेरा शब्दहरू मलाई नै सुन्न जरुरी…

    Interested? Read more….

    आफ्नै संस्मरण २- कविताका कुरा

  • योगवीर, सकम्बरी, फुलहरू र बुढी पसल्नी लाई पहिले भेटेँ, अन्तरमुखीमा आँफूलाई पाएँ, परिभाषित आँखाहरुले पर्खालबाहिर धुपी सल्ला र लालीगुराँसको फेदीमा पुर्यायो, अनि महत्ताहिनले थाहै नपाइ बैँसालु वर्तमानमा लगेर छाडी राखेको थियो। लामिछानेले शिरिषको फूलको भूमिकामा पहिले नै त्यसोगरि भनी नसकेका भए, मैले पनि भन्ने थिएँ- म पारिजात लाई प्रेम गर्छु, किन-किन र कसरी… म आज…

    Interested? Read more….

    आफ्नै संस्मरण १- किताबका कुरा

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.