
kafkaintherun
who tells the birds where to fly?
Category: Nepali Poetry
-
सबैको एउटै प्रश्न- “किन गरिस् यस्तो?” चतुरेले हाँसेन- आँसु पोख्दै भन्यो- “मल्न, मलेर दश लाख लुपियाँ कमाउन, म, बुहिनिहरु, अनि आमालाई भात किल्न।”

-
ओजिमान्डियसको मरुभूमिमा ट्रुमन र नेपोलियनले- एकअर्काको छायाँ मात्र देखे साथमा थिए- हराइसकेका सपना बचेको थियो- शून्यको एक सानो आवाज, “उनीहरूलाई रोटी छैन? केक बाँडिदिउँ?” मरी एन्तोनेटले झ्यालबाट हेर्दै भन्दै थपिन, “राजनीति मिठो भ्रम हो।”

-
सुर्यलाई- के थाहा उ उदाइरहेको हो कि अस्ताइरहेको छ: सर्य उदाएपनि, उज्यालोमा आफ्नै छायाँ बिझ्छ, उज्यालोले कहिलेकाहीँ- हिउँले जस्तै पोल्छ, उसले छोडेको स्पर्शको याद बनेर। सुर्य अस्ताए पनि, उज्यालोको त्यो सम्झना- मलाई पनि, मेरो छायाँहरुमा पनि।

-
तर, सत्यचहिँ के हो भने, मान्छे बलेको आगोनै ताप्ने रहेछ, सायद त्यसैले होला, अहिले भिमको गधाको गर्व कसैले गर्दैनन्, युधिष्ठिरको इमानको चर्चा कसैले गर्दैनन्, अभिमन्युको गर्विलो चर्चा कसैले गर्दैनन्, भिष्मपितामहको तपष्याहरूको वृतान्त कोहि सुनाउँदैनन्, र आर्जुनको साहसी गित कोही गाउँदैनन्।

-
देशभक्ति; खुकुरीको धारसँगै चम्किएको थियो रे कुनैबेला, वीरहरूको गर्जनसँगै गर्जिएको थियो रे कुनैबेला, म, यति बेला इतिहास खाएर आफ्नो भोक टार्न सक्दिन, मलाई बलभद्रसँगै देशभक्तिले शाहदत पाएको थाह छ, मलाई अमरसिंहसँगै देशभक्तिले अवकाश लिएको थाह छ, मलाई भीमसेनसँगै देशभक्ति सेरिएको पनि थाह छ।

-
कार्की दाइलाई सोधेँ – “दाइ, तपाईँलाई राजा चाहिने कि राष्ट्रपति?” उनि फिस्स हाँसे, तर त्यो हाँसो हाँसो थिएन, तर त्यो हाँसो – सडकमा लडेको सपना जस्तै, टुक्रिएको थियो। भोक, थकाइ, र झोकको घोल थियो। “रामे-ज्ञाने जो आएपनि जो भएपनि के हुने हो र? एपटक हटाएर नयाँ संविधान त बनिसक्यो- म त अझै पनि बिहानको छाक…

-
भिडको- एकान्तमा फक्रिएको मोहक उन्माद, एकनासको बेहोसीपछी देखा परेको, एक सुन्दर सपना। देख्न नसकिने तर ओठमै अल्झिएको एक अस्फुष्ट चित्कार सुर्यास्त पछिको अन्धकार जस्तै मनको एकान्तमा अझै केही उज्यालो बाँकी छ। मनभित्र- गुँड बनाउनेले किन होला बारम्बार खोज्ने उड्नलाई? आकाश अझै फाटेको छैन सपना भत्किँदै जान्छ- अर्धचन्द्रमा बनेर। केही चर्किने- कही भत्कने अर्ध- सपना, अर्ध-…

-
तिमीले सोधेको कुरा सोध्न सक्दैन कसैले; किन भाग्यो उ सबैदेखी? के ज्ञान केवल जङ्गलमा मात्रै फुल्छ? के दरवारमा ज्ञान सम्भब थिएन? बाधक थियो कि तिम्रो प्रेम? बाधक थियो कि शीशुको त्यो मुस्कान? बाधक थियो कि राजमहला सुनौला झ्यालहरू? सर्वज्ञान सम्पन्न भूतपूर्व राजकुमार आज- उसको मौनताको अर्थ के यसोधरा? तिम्रो प्रशनको उत्तर के त्यही हो त?

-
मलाई विश्वास छ, मेरा- शब्दहरू- सपनाहरु- सम्भावनाहरूबाट, हुर्काउँदै गरेको- नयाँ बिहानीको सुषुप्त भ्रुण- भोली- स्वतन्त्र र स्वच्छ रानीपोखरी, र हाँसीलो- धरहरा बनेर आउनेछ, अवस्य आउनेछ। त्यो बिहानी-जहाँ- नयाँ दिनका किरणहरू, अन्धोझ्याल खोलेर चिहाउने हैन, ढोकाहरू ढकढक्याएर प्रकाशको लहर घामको उपहार बनि भित्र छिर्र्छन्। जसले- सारङ्गीजस्तो पेट लिएर घाम रेग्ने गोरेटो पार गर्नेहरुको भोक र पीडाका…

-
ज्ञात, अज्ञात सबै- मुखौटा जलाएर हात- फिँजाउदै भन्छु मेरो- पागलपन पनि तिमि अनि- आशा पनि तिमि। हरेक रहर- हरेक सपनाहरु रहरहरू- केही- कल्पना हरू बेरङी- केही- विपनाहरू बेतुकको- कल्पना बहुलठ्ठको पाहडको- त्यो सानो घर “जिन्जर क्याट, एन्ड ए पग।“

-
यो सडक, त्यो सडक- मान्छे, मोटर-पोखरी छिचोल्दै, निस्किएको – रहेछ त्यो जुलूस; किन?- खै। कसका लागि?- खै। के का लागि?- खै।

-
उनीहरु- शीवलाई सर्वशक्तिमान मात्र देख्ने, विष्णुलाई पालक मात्र देख्ने, रामलाई न्यायी मात्र देख्ने, कृष्णलाई आदर्श-पूरुष बनाउने। मैले- शिवलाई भाङ्ग-धतुरो खाने पनि देखेँ, मैले व्रिन्दालाई गरेको छल पनि देखेँ, मैले सीतामाथी गरेको अन्याय पनि देखेँ, मैले कृष्णको छल-कपट पनि देखेँ। मैले भनेँ- कृष्ण ‘क्यासानोभा’ थियो; उनीहरूको निधार खुम्चियो, ओठ बटारिए- अनि- फ्याट्ट प्रतिउत्तर आयो- “तँ बहुला…

-
देखिरहन्छु- सपनाहरू विपनामै, परीपरीका, थरीथरीका, रङ्गविरङ्गका, तर अनुभव गर्न सक्दिनँ, अँगाल्न पाउँदिनँ, अनि यथार्थले किच्छ। त्यसपछि सोच्छु- कस्का लागि हुन् यी सपनाहरू? केका लागि हुन् यी सपनाहरू? भक्कानिएर आउँछ, दुख्छ छाती।

-
हुल बाँधेर- एकोहोरो ताली बजाउने, स्वप्न स्वर्ग- स्वप्न वर्तमान, नस्ट्याल्जिया फ्यान्टासीमा- अडिएको- अनवरत अस्तित्व यात्रा, मानौं पहिलो सुल्टो जुलूस हो इतिहासको। सबेरै- हाइना हाँस्छन्, साझै- कुखुरा बास्छन्; नयाँ बिहान? गोधूलिमै हराउँछ। उल्टो हात- उल्टो पाइला- उल्टो ताल- उल्टो चाल, यस्तै छ- यहाँको हाल।

-
फेरी कलमले बामे सर्न खोज्दैछ, यो कविता लेख्ने हुटहुटी यस्तै, लागेपछि छुट्नै गाह्रो । लेखिएका कुराहरू ट्विटर र ब्लगमा हाल्दै गर्छु। यो मनोवाद, यी कविताहरु मेरा लागि नै हुन, भित्र गुम्सिएका आवाजहरूलाई बाहिर निकाल्न। मलाई थाहा छ, लेखिएका मानिसले सायद कहिल्यै पढ्नेछैन्, वा बुझ्ने छैनन्। तर म लेखिरहन्छु, किनकि मेरा शब्दहरू मलाई नै सुन्न जरुरी…

-
योगवीर, सकम्बरी, फुलहरू र बुढी पसल्नी लाई पहिले भेटेँ, अन्तरमुखीमा आँफूलाई पाएँ, परिभाषित आँखाहरुले पर्खालबाहिर धुपी सल्ला र लालीगुराँसको फेदीमा पुर्यायो, अनि महत्ताहिनले थाहै नपाइ बैँसालु वर्तमानमा लगेर छाडी राखेको थियो। लामिछानेले शिरिषको फूलको भूमिकामा पहिले नै त्यसोगरि भनी नसकेका भए, मैले पनि भन्ने थिएँ- म पारिजात लाई प्रेम गर्छु, किन-किन र कसरी… म आज…

-
धुवाँमा अनुहार हराए, सडकमा पाइला हराए, सहरमा सबैले- ठेगाना सोध्दै हिँड्छन्, तर यहाँ कसैलाई- बाटो थाहा हुँदैन।

-
आज, २०८१ साल असोज २३ गते, पुरेत बाजेको निम्ति षष्टीको दिन, दशैँ मनाउनेहरूको निम्ति दशैँ सुरु हुन अघिको दिन, दशैँ नमनाउनेहरुको निम्ति बिदा सुरु हुने दिन, मेरो निम्ति, फेरी अर्को शिशिर-वसन्तको यात्रा सुरु गर्ने दिन, साथीहरू भन्ने गर्थे, आडम्बर देखाउनै भएपनि मैले केक र मोमबत्ती बाल्नुपर्छ रे, दुनियाँलाई देखाउनै भएपनि मैले मिठाई बाँड्नुपर्छ रे; मर्दा-मर्दै…

- Articles (23)
- English (23)
- English Poetry (8)
- History (12)
- Letters (3)
- Monologues (6)
- Musings (24)
- Nepali (44)
- Nepali literature (39)
- Nepali Poetry (38)
- Poetry (44)
- Ramblings (36)
- Science (7)
- Stories (2)
- December 2025 (4)
- November 2025 (6)
- October 2025 (6)
- September 2025 (2)
- August 2025 (7)
- July 2025 (3)
- June 2025 (4)
- May 2025 (4)
- April 2025 (27)
- March 2025 (6)
- December 2024 (1)
- October 2024 (1)
- September 2024 (1)
- March 2023 (1)
- February 2023 (1)
Akkad (5) Biology (5) hinduism (6) History (9) life (3) literature (48) little poems (3) love (7) love poems (5) Mesopotamia (6) muse (21) Musing (19) Nepal (27) Nepali (5) Nepali Poetry (5) nepali politics (15) Nepali Society (4) New York (10) nostalgia (4) Poetry (45) random musing (27) romance (8) romantic (5) Science (5) Sumer (7) Writing (32) कविता (5) नेपाल (32) नेपाली कविता (13) नेपाली राजनीति (3)
who tells the birds where to fly?
© 2025 all rights reserved. Designed with WordPress.