Category: Nepali Poetry

  • हुल बाँधेर- एकोहोरो ताली बजाउने, स्वप्न स्वर्ग- स्वप्न वर्तमान, नस्ट्याल्जिया फ्यान्टासीमा- अडिएको- अनवरत अस्तित्व यात्रा, मानौं पहिलो सुल्टो जुलूस हो इतिहासको। सबेरै- हाइना हाँस्छन्, साझै- कुखुरा बास्छन्; नयाँ बिहान? गोधूलिमै हराउँछ। उल्टो हात- उल्टो पाइला- उल्टो ताल- उल्टो चाल, यस्तै छ- यहाँको हाल।

    Interested? Read more….

    भावसुन्य:

  • फेरी कलमले बामे सर्न खोज्दैछ, यो कविता लेख्ने हुटहुटी यस्तै, लागेपछि छुट्नै गाह्रो । लेखिएका कुराहरू ट्विटर र ब्लगमा हाल्दै गर्छु। यो मनोवाद, यी कविताहरु मेरा लागि नै हुन, भित्र गुम्सिएका आवाजहरूलाई बाहिर निकाल्न। मलाई थाहा छ, लेखिएका मानिसले सायद कहिल्यै पढ्नेछैन्, वा बुझ्ने छैनन्। तर म लेखिरहन्छु, किनकि मेरा शब्दहरू मलाई नै सुन्न जरुरी…

    Interested? Read more….

    आफ्नै संस्मरण २- कविताका कुरा

  • योगवीर, सकम्बरी, फुलहरू र बुढी पसल्नी लाई पहिले भेटेँ, अन्तरमुखीमा आँफूलाई पाएँ, परिभाषित आँखाहरुले पर्खालबाहिर धुपी सल्ला र लालीगुराँसको फेदीमा पुर्यायो, अनि महत्ताहिनले थाहै नपाइ बैँसालु वर्तमानमा लगेर छाडी राखेको थियो। लामिछानेले शिरिषको फूलको भूमिकामा पहिले नै त्यसोगरि भनी नसकेका भए, मैले पनि भन्ने थिएँ- म पारिजात लाई प्रेम गर्छु, किन-किन र कसरी… म आज…

    Interested? Read more….

    आफ्नै संस्मरण १- किताबका कुरा

  • धुवाँमा अनुहार हराए, सडकमा पाइला हराए, सहरमा सबैले- ठेगाना सोध्दै हिँड्छन्, तर यहाँ कसैलाई- बाटो थाहा हुँदैन।

    Interested? Read more….

    धुवाँमा चलेको सहर

  • आज, २०८१ साल असोज २३ गते, पुरेत बाजेको निम्ति षष्टीको दिन, दशैँ मनाउनेहरूको निम्ति दशैँ सुरु हुन अघिको दिन, दशैँ नमनाउनेहरुको निम्ति बिदा सुरु हुने दिन, मेरो निम्ति, फेरी अर्को शिशिर-वसन्तको यात्रा सुरु गर्ने दिन, साथीहरू भन्ने गर्थे, आडम्बर देखाउनै भएपनि मैले केक र मोमबत्ती बाल्नुपर्छ रे, दुनियाँलाई देखाउनै भएपनि मैले मिठाई बाँड्नुपर्छ रे; मर्दा-मर्दै…

    Interested? Read more….

    आज मेरो जन्मदिन।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.