
kafkaintherun
who tells the birds where to fly?
Category: Poetry
-
हामी हिँडिरहन्छौँ- उज्यालोबाट अँध्यारोतिर, अँध्यारोबाट उज्यालोतिर। तर वास्तविकता कहिल्यै ठोस हुँदैन। रातभरि आफ्नै मनको तरल रूप बुझ्ने प्रयास मात्र हो, फेरि, फेरि, फेरि। बिहानीको घाम आँगनमा आइपुग्दा, अझै नखुलेको रहस्यजस्तै।

-
हाम्रो स्मृतिमा, अझै धुवाँ बाँचिरहेको छ, अझै आकाश भाँचिँ नै रहेको छ। देश थकानको दिशामा, आफ्नै गतिमा घस्रिरहेको छ। हामी- ध्वंसलाई विकास भनिरहेका छौं, र हरेक भत्किएको घरभित्र आफ्नो डर सुरक्षित राखिरहेका छौं।

-
तिमीले पढिरहेकीछ्यौ मेरो मौनता, ओल्टाइ- पल्टाइ, भित्तामा झुण्डाइएका प्रश्न जस्तै। के तिमीले सुनेकी छ्यौ मैले नबोल्दै पोखिएका शब्दहरू? तिमी सोध्छ्यौ- “पर्खूँ कि फर्कूँ?” म त त्यो प्रश्नमै बाँचिरहेछु न पर्खाइको समय टुङ्गिन्छ, न फर्काइको बाटो खुल्छ।

-
छालाभित्र न्यानो सास मात्र बाँकी रहन्छ। जसरी नदी शब्दहरू नाघेर, अर्थहरू बिर्सेर, पहाड फोरेर बगेको हुन्छ, म बोल्छु, उसले सुन्छ, म हिँड्छु, उसले बाटो सम्झिन्छ। जसलाई उज्यालोले मात्र हल्लाउँछ। जसलाई छायाँले मात्र बचाइराख्छ।

-
वाद्यहरूको यो सेना उठोस्; सारंगीका तार, ढोलका ठोका, बाँसुरीका श्वासहरू एउटै तालमा मिल्छन हाम्रो सङ्गीतले कागजातमा लेखिएका दावीहरू पनि बचाउन। म सारंगी हुँ- मेरो तारबाट उठ्ने ध्वनि सुन। म ढोल हुँ- मेरो ठोकाबाट उठ्ने कदम देख।

-
कहिलेकाहीँ म आफ्नै छालाबाट बाहिर निस्केको छायाँ बन्छु- छायाँ जो हिँड्छ, तर वजन महसुस गर्न सक्दैन। छायाभित्रको शरीरलाई तानेर हेर्दा आफ्नै सास काट्ने सुइँ देख्छु। लाग्छ- कुनै नाटकको पर्दा, जो बारम्बार तानिन्छ, तर अन्त्य- कहिल्यै आउँदैन।

-
नोस्टालजिया पसल- कहिल्यै बन्द हुँदैन यहाँ जीवन टुक्रिन्छ र समय हुर्किन्छ, उसका अधुरा सम्झनाहरू गुनासो र मायाको छाप बोकेर मलाई बाँधिरहन्छ। म पसल छोड्न खोज्छु, तर ढोकाबाहिर निस्कँदा फेरि पसलमै फर्केको पाउँछु, “उसको अनुपस्थिति नै मेरो उपस्थितिको कारण हो।” नोस्टालजिया पसल- मभित्र छ र म यस पसलको, नियमित ग्राहक सम्झनाहरू बाँचिरहेको।

-
मलाई थाहा छ – मेरो चार दिन सकिएपछि, आँगनको ढोकाले फेरि – मलाई भित्र बोलाउनेछ: फूलको थुँगाभित्र – शुद्धताको ढोंग छर्किनेछ। अनि मैले – देवी भएको अभिनय गर्नुपर्छ।

-
ती नयनका गहिराई, त्यो एकाकार अधर; ती स्पर्शका न्यानोपन हरू, अनि ति चुलबुलाहट, एक अर्कामा विलय हुने कल्पना; हराएर ती केश-राशीमा, तिमी-म, म-तिमी, हारेँ म तिमीसँग, पर्दैन अब बाँधिराख्न मोहनीमा, जित तिम्रै भयो- तिम्रै भए म। सुस्तरी-सुस्तरी-एकमुष्ट आऊ, समाउ हातहरू- नत्र बेहाल भए म।

-
म सीता, म माटोकी छोरी, अझै वनवासी, अझै प्रश्नवाची। कहिले जनकपुर, कहिले अयोध्या, कहिले वनवास, कहिले ऋषिको कुटी; म कहिल्यै घरकी भइन। कसरी प्रमाणित गरूँ – म यही माटोकी छोरी? कसरी देखाउँ तिमीलाई – मेरो गर्भमा हुर्किएको पीडा?

-
उसका पातहरूमा – लेखिएका छन् घामका अक्षर। उसको मुटुमा – कुँदिएका छन् घामकै छायाँ। उसको गन्धमा – घुलिएका छन् घामको सम्झना। उ देखिएन भने पनि बाँच्छ, उ बुझिएन भने पनि बोल्छ।

-
म माटो थिएँ- जहाँ हरेक चोट इतिहास बनेर उम्रन्थ्यो। म मौन रहँदा- तिमीहरूले सम्झियौ म कमजोर छु; भुल्यौ- म धैर्य हुँ म विस्मरण होइन।

-
म पनि- सपना देख्थें देशको, नक्शा होइन, अनुहार भएको देश। जहाँ कविले बन्दुक होइन, कलम बोकेर गर्थे प्रतिवाद। जहाँ सपना- सिर्जनाको गर्भ, सिर्जना- विद्रोहको आवाज। तर मेरो सपना हरायो! हरायो- काठमाडौंको कन्क्रिट क्यानभासमा। जहाँ सडक चिल्लिन्छ र सपना चिप्लिन्छ।

-
म थरबाट जन्मिएँ – तर थर कहिल्यै मेरो थिएन। त्यो बुवाको थर थियो, बुबाको पनि, हरेक बुबाहरूको इतिहासमा मातृकुल हराइरहेको प्रमाण। किनभने – म होइन, मेरो थर पो थियो यस देशको नागरिता।

-
ऊ गलत जन्मिएको हो, ऊ पसिना भएर बाँच्छ, उसको नाम गलत, जात गलत, रगत गलत, छायाँ अपवित्र। आफूले बनाएको मुर्ती सजिएको मन्दिरको, ढोकामा परम्पराले लेखिदिएको छ – “अछुतलाई प्रवेश निषेध।”

-
stay, alive in my head a little longer. stay, so that I may go on writing poems against forgetting. stay, so, I may keep on living fighting for surviving.

-
हरेक शब्दमा, बिस्ट्याउँछौं, एके-४७ का बारुदहरू, हरेक भावहरू, ओतप्रोत हुन्छन्, लोभले, ईर्ष्या ले, घिनले, घमन्डले, अनि खोक्रो आत्मसम्मानले, थाह छैन- कसैलाई, कर्मको, बुद्धको मर्मको, को छ हिँडेको- साँच्चीकै, बुद्धले देखाएको बाटोमा?

-
हामी: धुलो र इच्छाको द्वन्द्व। दुई आत्माहरू – भाँचिएका, प्रतिबिम्बित, न पूरै, न हराएका।

-
जसलाई कहिल्यै घडीले देखाउँदैन, तर सँधै आकाशले नियालिरहन्छ। आकाश खुल्ला थियो– हावासँगको असमझदारी जारी थियो, त्यो मौन बगैंचामा स्मृतिको। उसको गुलाबी गालामा बादल बिसाएझैँ लाग्थ्यो, जहाँ सूर्य अस्ताउँदै थियो– तर सामान्य अस्त होइन– हाम्रो सम्बन्धको अन्तिम उज्यालो।

-
नियात्रा: प्रश्न: के देख्यो? उत्तर: सानो मूसो। झम्टियो-मर्यो-खायो, रानी-लन्डन? हु केयर्स! देख्यो- सके जति गर्यो- सक्ने जति बाँधिएको- चेतना, विवेक, चाहना, आशक्ति, कर्म-फेट, ह्वाटईभर!

- Articles (23)
- English (23)
- English Poetry (8)
- History (12)
- Letters (3)
- Monologues (6)
- Musings (24)
- Nepali (44)
- Nepali literature (39)
- Nepali Poetry (38)
- Poetry (44)
- Ramblings (36)
- Science (7)
- Stories (2)
- December 2025 (4)
- November 2025 (6)
- October 2025 (6)
- September 2025 (2)
- August 2025 (7)
- July 2025 (3)
- June 2025 (4)
- May 2025 (4)
- April 2025 (27)
- March 2025 (6)
- December 2024 (1)
- October 2024 (1)
- September 2024 (1)
- March 2023 (1)
- February 2023 (1)
Akkad (5) Biology (5) hinduism (6) History (9) life (3) literature (48) little poems (3) love (7) love poems (5) Mesopotamia (6) muse (21) Musing (19) Nepal (27) Nepali (5) Nepali Poetry (5) nepali politics (15) Nepali Society (4) New York (10) nostalgia (4) Poetry (45) random musing (27) romance (8) romantic (5) Science (5) Sumer (7) Writing (32) कविता (5) नेपाल (32) नेपाली कविता (13) नेपाली राजनीति (3)
who tells the birds where to fly?
© 2025 all rights reserved. Designed with WordPress.