Category: Poetry

  • in the end, it is dreams, poetry, sunsets, mountain blues, someone’s smile, we all have an affair with beautiful things.

    Interested? Read more….

    dreams, poetry, sunsets.

  • ‘a fishermen knows- the sea is dangerous and the storm is terrible’, but that doesn’t – keep him ashore. it’s his hope: of chasing dreams- of loving the living- and the fight of becoming, that brings him back into the open sea, today, tomorrow and all the days after.

    Interested? Read more….

    Muse

  • उनीहरु- शीवलाई सर्वशक्तिमान मात्र देख्ने, विष्णुलाई पालक मात्र देख्ने, रामलाई न्यायी मात्र देख्ने, कृष्णलाई आदर्श-पूरुष बनाउने। मैले- शिवलाई भाङ्ग-धतुरो खाने पनि देखेँ, मैले व्रिन्दालाई गरेको छल पनि देखेँ, मैले सीतामाथी गरेको अन्याय पनि देखेँ, मैले कृष्णको छल-कपट पनि देखेँ। मैले भनेँ- कृष्ण ‘क्यासानोभा’ थियो; उनीहरूको निधार खुम्चियो, ओठ बटारिए- अनि- फ्याट्ट प्रतिउत्तर आयो- “तँ बहुला…

    Interested? Read more….

    हो, म बहुला हुँ।

  • लाग्छ, धेरै ताराहरू मिलेर बनेकी छे ऊ; रातको अँध्यारोमा चम्कन्छे उही, लाग्छ, ऊ घाम हो; जसको वरिपरी घुमिरहेको छु, जसको उज्यालोमा, मस्त झुलेका- मेरा नयनहरू, हरेक ति कुण्ठाहरू, शरीरभरी चलेका आँधीपुराणहरू। रमिरहेको छु, ती सम्झनाहरूमा, ती कल्पनाहरूमा, बाँच्न बाँकी दिनहरू, रमाउन बाँकी सपनाहृरू, कुरेर बसेका कल्पनाहरू, साकार बनाउन थाँती- रहरहरू।

    Interested? Read more….

    ऊ-ध्रुव, म-परिक्रमा 

  • देखिरहन्छु- सपनाहरू विपनामै, परीपरीका, थरीथरीका, रङ्गविरङ्गका, तर अनुभव गर्न सक्दिनँ, अँगाल्न पाउँदिनँ, अनि यथार्थले किच्छ। त्यसपछि सोच्छु- कस्का लागि हुन् यी सपनाहरू? केका लागि हुन् यी सपनाहरू? भक्कानिएर आउँछ, दुख्छ छाती।

    Interested? Read more….

    सपनाका यथार्थहरू।

  • हुल बाँधेर- एकोहोरो ताली बजाउने, स्वप्न स्वर्ग- स्वप्न वर्तमान, नस्ट्याल्जिया फ्यान्टासीमा- अडिएको- अनवरत अस्तित्व यात्रा, मानौं पहिलो सुल्टो जुलूस हो इतिहासको। सबेरै- हाइना हाँस्छन्, साझै- कुखुरा बास्छन्; नयाँ बिहान? गोधूलिमै हराउँछ। उल्टो हात- उल्टो पाइला- उल्टो ताल- उल्टो चाल, यस्तै छ- यहाँको हाल।

    Interested? Read more….

    भावसुन्य:

  • धुवाँमा अनुहार हराए, सडकमा पाइला हराए, सहरमा सबैले- ठेगाना सोध्दै हिँड्छन्, तर यहाँ कसैलाई- बाटो थाहा हुँदैन।

    Interested? Read more….

    धुवाँमा चलेको सहर

  • आज, २०८१ साल असोज २३ गते, पुरेत बाजेको निम्ति षष्टीको दिन, दशैँ मनाउनेहरूको निम्ति दशैँ सुरु हुन अघिको दिन, दशैँ नमनाउनेहरुको निम्ति बिदा सुरु हुने दिन, मेरो निम्ति, फेरी अर्को शिशिर-वसन्तको यात्रा सुरु गर्ने दिन, साथीहरू भन्ने गर्थे, आडम्बर देखाउनै भएपनि मैले केक र मोमबत्ती बाल्नुपर्छ रे, दुनियाँलाई देखाउनै भएपनि मैले मिठाई बाँड्नुपर्छ रे; मर्दा-मर्दै…

    Interested? Read more….

    आज मेरो जन्मदिन।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.