Tag: कविता

  • नोस्टालजिया पसल- कहिल्यै बन्द हुँदैन यहाँ जीवन टुक्रिन्छ र समय हुर्किन्छ, उसका अधुरा सम्झनाहरू गुनासो र मायाको छाप बोकेर मलाई बाँधिरहन्छ। म पसल छोड्न खोज्छु, तर ढोकाबाहिर निस्कँदा फेरि पसलमै फर्केको पाउँछु, “उसको अनुपस्थिति नै मेरो उपस्थितिको कारण हो।” नोस्टालजिया पसल- मभित्र छ र म यस पसलको, नियमित ग्राहक सम्झनाहरू बाँचिरहेको।

    Interested? Read more….

    नोस्टालजिया पसल

  • उसका पातहरूमा – लेखिएका छन् घामका अक्षर। उसको मुटुमा – कुँदिएका छन् घामकै छायाँ। उसको गन्धमा – घुलिएका छन् घामको सम्झना। उ देखिएन भने पनि बाँच्छ, उ बुझिएन भने पनि बोल्छ।

    Interested? Read more….

    घाम र फूलको प्रेम गीत।

  • म माटो थिएँ- जहाँ हरेक चोट इतिहास बनेर उम्रन्थ्यो। म मौन रहँदा- तिमीहरूले सम्झियौ म कमजोर छु; भुल्यौ- म धैर्य हुँ म विस्मरण होइन।

    Interested? Read more….

    म प्रश्न सोध्ने माटो।

  • तिमीले सोधेको कुरा सोध्न सक्दैन कसैले; किन भाग्यो उ सबैदेखी? के ज्ञान केवल जङ्गलमा मात्रै फुल्छ? के दरवारमा ज्ञान सम्भब थिएन? बाधक थियो कि तिम्रो प्रेम? बाधक थियो कि शीशुको त्यो मुस्कान? बाधक थियो कि राजमहला सुनौला झ्यालहरू? सर्वज्ञान सम्पन्न भूतपूर्व राजकुमार आज- उसको मौनताको अर्थ के यसोधरा? तिम्रो प्रशनको उत्तर के त्यही हो त?

    Interested? Read more….

    मौन बुद्ध।

  • मलाई विश्वास छ, मेरा- शब्दहरू- सपनाहरु- सम्भावनाहरूबाट, हुर्काउँदै गरेको- नयाँ बिहानीको सुषुप्त भ्रुण- भोली- स्वतन्त्र र स्वच्छ रानीपोखरी, र हाँसीलो- धरहरा बनेर आउनेछ, अवस्य आउनेछ। त्यो बिहानी-जहाँ- नयाँ दिनका किरणहरू, अन्धोझ्याल खोलेर चिहाउने हैन, ढोकाहरू ढकढक्याएर प्रकाशको लहर घामको उपहार बनि भित्र छिर्र्छन्। जसले- सारङ्गीजस्तो पेट लिएर घाम रेग्ने गोरेटो पार गर्नेहरुको भोक र पीडाका…

    Interested? Read more….

    म गर्भवति मान्छे, मलाई ..

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.