Tag: नेपाल

  • दिनहरू चल्छन्, तर समय हिँड्दैन। चेतनाको एउटा छाल आउँछ, तिम्रो यादलाई किनारमा छोड्छ, र फेरि आफ्नै गहिराइतिर फर्कन्छ।

    Interested? Read more….

    अघोषित माया

  • पृथ्वीनारायण! तिमी आयौ? सिंहदरबारको गेटमा उभिएको सालिकले ठड्याएको औँला अब देश हाँक्ने बाटो होइन, युवाहरूलाई ‘एयरपोर्ट’ को बाटो देखाइरहेछ।

    Interested? Read more….

    पृथ्वीनारायणसँगको जम्काभेट

  • कामरेड, तिमी फर्कियौ, बा–पुस्ताको आवाज लिएर। दाउरा सुरुवालको स्मृति अझै बाँकी थियो। महल, कुर्सी, र भाषणहरूले त्यो स्मृति मेटाए। हामी सुन्दै बुढा भयौँ, सपना नबोलिकन। हामी उभियौँ, नामसहित, अर्थविहीन।

    Interested? Read more….

    कामरेडसँगको पुनर्मिलन

  • तर आज, यो साँघुरो गल्लीमा उभिँदा, आफैँसँग झूट नबोल। तिमी यहाँ ल्याइएका होइनौ। तिमी आफैँ आइपुगेका हौ – थकित निर्णयहरूको बाटो हुँदै। शहरले तिमीलाई निलेको हैन। तिमीले आफैँ यसको लयसँग आफ्नो सास मिलाउन सिकेका हौ। त्यसैले त खोलाको सुसाइ अब तिमीलाई चर्को लाग्छ, र मौनताले तिमीलाई असहज बनाउँछ।

    Interested? Read more….

    सहरभित्रको अलिकति आश

  • गाउँको अन्तिम भित्तामा समय छैन- डरको ताल मात्र। उसको देह काम लाग्ने, तर छुन नहुने। उसले सिउँछे फाटेको लुगा होइन, आफूलाई। उज्यालो अब उत्तर होइन अवस्था हो।

    Interested? Read more….

    जुठी दमिनीको छायाँपारि

  • हामी हिँडिरहन्छौँ- उज्यालोबाट अँध्यारोतिर, अँध्यारोबाट उज्यालोतिर। तर वास्तविकता कहिल्यै ठोस हुँदैन। रातभरि आफ्नै मनको तरल रूप बुझ्ने प्रयास मात्र हो, फेरि, फेरि, फेरि। बिहानीको घाम आँगनमा आइपुग्दा, अझै नखुलेको रहस्यजस्तै।

    Interested? Read more….

    फेरि, फेरि, फेरि

  • हाम्रो स्मृतिमा, अझै धुवाँ बाँचिरहेको छ, अझै आकाश भाँचिँ नै रहेको छ। देश थकानको दिशामा, आफ्नै गतिमा घस्रिरहेको छ। हामी- ध्वंसलाई विकास भनिरहेका छौं, र हरेक भत्किएको घरभित्र आफ्नो डर सुरक्षित राखिरहेका छौं।

    Interested? Read more….

    घोषणापत्र, भविष्य गुमाएको देशमा राष्ट्रिय थकानको

  • ‘पूर्वछाने बढाउले दोस्रो विश्वयुद्धको गोली बोके, अन्तरेले आफ्नै देशको अन्याय सह्यो। अन्तरेकी छोरीले बाबाले बनाउन नपाएको स्कुलमै पढेर, न्याय जिती। तीन पुस्ताको कथा हो यो- राज्य, अन्याय, विद्रोह र सम्झनाहरूको। भर्खरै अस्तित्व हराएको पार्टीले अस्तित्व हराउनुको प्रमाण।’

    Interested? Read more….

    अन्तरेको कथा: माओवादी कसरी बन्नुपर्‍यो, कसरी माओवादीले बिर्सियो?

  • छालाभित्र न्यानो सास मात्र बाँकी रहन्छ। जसरी नदी शब्दहरू नाघेर, अर्थहरू बिर्सेर, पहाड फोरेर बगेको हुन्छ, म बोल्छु, उसले सुन्छ, म हिँड्छु, उसले बाटो सम्झिन्छ। जसलाई उज्यालोले मात्र हल्लाउँछ। जसलाई छायाँले मात्र बचाइराख्छ।

    Interested? Read more….

    छायाँमा लुकेको उज्यालोको सत्य

  • बिहानको ३:१३ बज्यो। मैले यो लेख्नै नहुने। तर रात गहिरिएको छ, र रातलाई दयामाया छैन। मेरो कोठाको भित्ताबाट पानी र डढेको कफीको मिश्रित गन्ध आउँछ। अब पानी, पानीजस्तो लाग्दैन र भित्ताहरू तिम्रो नाम कानेखुसी गर्छन्। भुइँमा मेरो छायाँ घरीघरी बदलिन्छ। म आफैँलाई सम्झाइरहन्छु कि तिमीलाई नलेखूँ, तर पनि, हेर म यहाँ छु, सायद कहिल्यै नपठाउने…

    Interested? Read more….

    प्रिय तिमी, म तिम्रो आश गर्छु।

  • कहिलेकाहीँ म आफ्नै छालाबाट बाहिर निस्केको छायाँ बन्छु- छायाँ जो हिँड्छ, तर वजन महसुस गर्न सक्दैन। छायाभित्रको शरीरलाई तानेर हेर्दा आफ्नै सास काट्ने सुइँ देख्छु। लाग्छ- कुनै नाटकको पर्दा, जो बारम्बार तानिन्छ, तर अन्त्य- कहिल्यै आउँदैन।

    Interested? Read more….

    कोठाभित्रको मानचित्र

  • नोस्टालजिया पसल- कहिल्यै बन्द हुँदैन यहाँ जीवन टुक्रिन्छ र समय हुर्किन्छ, उसका अधुरा सम्झनाहरू गुनासो र मायाको छाप बोकेर मलाई बाँधिरहन्छ। म पसल छोड्न खोज्छु, तर ढोकाबाहिर निस्कँदा फेरि पसलमै फर्केको पाउँछु, “उसको अनुपस्थिति नै मेरो उपस्थितिको कारण हो।” नोस्टालजिया पसल- मभित्र छ र म यस पसलको, नियमित ग्राहक सम्झनाहरू बाँचिरहेको।

    Interested? Read more….

    नोस्टालजिया पसल

  • ती नयनका गहिराई, त्यो एकाकार अधर; ती स्पर्शका न्यानोपन हरू, अनि ति चुलबुलाहट, एक अर्कामा विलय हुने कल्पना; हराएर ती केश-राशीमा, तिमी-म, म-तिमी, हारेँ म तिमीसँग, पर्दैन अब बाँधिराख्न मोहनीमा, जित तिम्रै भयो- तिम्रै भए म। सुस्तरी-सुस्तरी-एकमुष्ट आऊ, समाउ हातहरू- नत्र बेहाल भए म।

    Interested? Read more….

    उसका लागि कविता।

  • म सीता, म माटोकी छोरी, अझै वनवासी, अझै प्रश्नवाची। कहिले जनकपुर, कहिले अयोध्या, कहिले वनवास, कहिले ऋषिको कुटी; म कहिल्यै घरकी भइन। कसरी प्रमाणित गरूँ – म यही माटोकी छोरी? कसरी देखाउँ तिमीलाई – मेरो गर्भमा हुर्किएको पीडा?

    Interested? Read more….

    लव-कुशको नागरिकता।

  • उसका पातहरूमा – लेखिएका छन् घामका अक्षर। उसको मुटुमा – कुँदिएका छन् घामकै छायाँ। उसको गन्धमा – घुलिएका छन् घामको सम्झना। उ देखिएन भने पनि बाँच्छ, उ बुझिएन भने पनि बोल्छ।

    Interested? Read more….

    घाम र फूलको प्रेम गीत।

  • म माटो थिएँ- जहाँ हरेक चोट इतिहास बनेर उम्रन्थ्यो। म मौन रहँदा- तिमीहरूले सम्झियौ म कमजोर छु; भुल्यौ- म धैर्य हुँ म विस्मरण होइन।

    Interested? Read more….

    म प्रश्न सोध्ने माटो।

  • म पनि- सपना देख्थें देशको, नक्शा होइन, अनुहार भएको देश। जहाँ कविले बन्दुक होइन, कलम बोकेर गर्थे प्रतिवाद। जहाँ सपना- सिर्जनाको गर्भ, सिर्जना- विद्रोहको आवाज। तर मेरो सपना हरायो! हरायो- काठमाडौंको कन्क्रिट क्यानभासमा। जहाँ सडक चिल्लिन्छ र सपना चिप्लिन्छ।

    Interested? Read more….

    देश हराएको सपना

  • म थरबाट जन्मिएँ – तर थर कहिल्यै मेरो थिएन। त्यो बुवाको थर थियो, बुबाको पनि, हरेक बुबाहरूको इतिहासमा मातृकुल हराइरहेको प्रमाण। किनभने – म होइन, मेरो थर पो थियो यस देशको नागरिता।

    Interested? Read more….

    म थर नभएको आत्मा।

  • ऊ गलत जन्मिएको हो, ऊ पसिना भएर बाँच्छ, उसको नाम गलत, जात गलत, रगत गलत, छायाँ अपवित्र। आफूले बनाएको मुर्ती सजिएको मन्दिरको, ढोकामा परम्पराले लेखिदिएको छ – “अछुतलाई प्रवेश निषेध।”

    Interested? Read more….

    परम्पराको कारागार

  • हरेक शब्दमा, बिस्ट्याउँछौं, एके-४७ का बारुदहरू, हरेक भावहरू, ओतप्रोत हुन्छन्, लोभले, ईर्ष्या ले, घिनले, घमन्डले, अनि खोक्रो आत्मसम्मानले, थाह छैन- कसैलाई, कर्मको, बुद्धको मर्मको, को छ हिँडेको- साँच्चीकै, बुद्धले देखाएको बाटोमा?

    Interested? Read more….

    बुद्ध वाज बर्न इन नेपाल।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.