
kafkaintherun
who tells the birds where to fly?
Tag: नेपाल
-
भुपी, हिजो तिमीले तिम्रो चोकमा रोग, भोक र शोक देख्यौ, “देशको नाभी” त्यही चोकमा आज धेरै थोक थपिएको छ। ती चोकहरूका भित्तामा, पुरुषहरूले इतिहास लेख्दै गर्दा, टाउकोमा पानीको घाम बोकेर कविताको छायाँ बनेर बाँचिरहेकी मानुषी देखेनौँ, उसको शरीर देखेनौँ, उसको आत्माको चित्कार के तिमीले देख्यौ त्यो चोकको छेउमा चुपचाप टोलाउँदी मानुषी? उसको स्वर तिम्रा कविताबाट…

-
हामी: धुलो र इच्छाको द्वन्द्व। दुई आत्माहरू – भाँचिएका, प्रतिबिम्बित, न पूरै, न हराएका।

-
जसलाई कहिल्यै घडीले देखाउँदैन, तर सँधै आकाशले नियालिरहन्छ। आकाश खुल्ला थियो– हावासँगको असमझदारी जारी थियो, त्यो मौन बगैंचामा स्मृतिको। उसको गुलाबी गालामा बादल बिसाएझैँ लाग्थ्यो, जहाँ सूर्य अस्ताउँदै थियो– तर सामान्य अस्त होइन– हाम्रो सम्बन्धको अन्तिम उज्यालो।

-
नियात्रा: प्रश्न: के देख्यो? उत्तर: सानो मूसो। झम्टियो-मर्यो-खायो, रानी-लन्डन? हु केयर्स! देख्यो- सके जति गर्यो- सक्ने जति बाँधिएको- चेतना, विवेक, चाहना, आशक्ति, कर्म-फेट, ह्वाटईभर!

-
सबैको एउटै प्रश्न- “किन गरिस् यस्तो?” चतुरेले हाँसेन- आँसु पोख्दै भन्यो- “मल्न, मलेर दश लाख लुपियाँ कमाउन, म, बुहिनिहरु, अनि आमालाई भात किल्न।”

-
सुर्यलाई- के थाहा उ उदाइरहेको हो कि अस्ताइरहेको छ: सर्य उदाएपनि, उज्यालोमा आफ्नै छायाँ बिझ्छ, उज्यालोले कहिलेकाहीँ- हिउँले जस्तै पोल्छ, उसले छोडेको स्पर्शको याद बनेर। सुर्य अस्ताए पनि, उज्यालोको त्यो सम्झना- मलाई पनि, मेरो छायाँहरुमा पनि।

-
कार्की दाइलाई सोधेँ – “दाइ, तपाईँलाई राजा चाहिने कि राष्ट्रपति?” उनि फिस्स हाँसे, तर त्यो हाँसो हाँसो थिएन, तर त्यो हाँसो – सडकमा लडेको सपना जस्तै, टुक्रिएको थियो। भोक, थकाइ, र झोकको घोल थियो। “रामे-ज्ञाने जो आएपनि जो भएपनि के हुने हो र? एपटक हटाएर नयाँ संविधान त बनिसक्यो- म त अझै पनि बिहानको छाक…

-
भिडको- एकान्तमा फक्रिएको मोहक उन्माद, एकनासको बेहोसीपछी देखा परेको, एक सुन्दर सपना। देख्न नसकिने तर ओठमै अल्झिएको एक अस्फुष्ट चित्कार सुर्यास्त पछिको अन्धकार जस्तै मनको एकान्तमा अझै केही उज्यालो बाँकी छ। मनभित्र- गुँड बनाउनेले किन होला बारम्बार खोज्ने उड्नलाई? आकाश अझै फाटेको छैन सपना भत्किँदै जान्छ- अर्धचन्द्रमा बनेर। केही चर्किने- कही भत्कने अर्ध- सपना, अर्ध-…

-
मलाई विश्वास छ, मेरा- शब्दहरू- सपनाहरु- सम्भावनाहरूबाट, हुर्काउँदै गरेको- नयाँ बिहानीको सुषुप्त भ्रुण- भोली- स्वतन्त्र र स्वच्छ रानीपोखरी, र हाँसीलो- धरहरा बनेर आउनेछ, अवस्य आउनेछ। त्यो बिहानी-जहाँ- नयाँ दिनका किरणहरू, अन्धोझ्याल खोलेर चिहाउने हैन, ढोकाहरू ढकढक्याएर प्रकाशको लहर घामको उपहार बनि भित्र छिर्र्छन्। जसले- सारङ्गीजस्तो पेट लिएर घाम रेग्ने गोरेटो पार गर्नेहरुको भोक र पीडाका…

-
यो सडक, त्यो सडक- मान्छे, मोटर-पोखरी छिचोल्दै, निस्किएको – रहेछ त्यो जुलूस; किन?- खै। कसका लागि?- खै। के का लागि?- खै।

-
उनीहरु- शीवलाई सर्वशक्तिमान मात्र देख्ने, विष्णुलाई पालक मात्र देख्ने, रामलाई न्यायी मात्र देख्ने, कृष्णलाई आदर्श-पूरुष बनाउने। मैले- शिवलाई भाङ्ग-धतुरो खाने पनि देखेँ, मैले व्रिन्दालाई गरेको छल पनि देखेँ, मैले सीतामाथी गरेको अन्याय पनि देखेँ, मैले कृष्णको छल-कपट पनि देखेँ। मैले भनेँ- कृष्ण ‘क्यासानोभा’ थियो; उनीहरूको निधार खुम्चियो, ओठ बटारिए- अनि- फ्याट्ट प्रतिउत्तर आयो- “तँ बहुला…

-
देखिरहन्छु- सपनाहरू विपनामै, परीपरीका, थरीथरीका, रङ्गविरङ्गका, तर अनुभव गर्न सक्दिनँ, अँगाल्न पाउँदिनँ, अनि यथार्थले किच्छ। त्यसपछि सोच्छु- कस्का लागि हुन् यी सपनाहरू? केका लागि हुन् यी सपनाहरू? भक्कानिएर आउँछ, दुख्छ छाती।

-
हुल बाँधेर- एकोहोरो ताली बजाउने, स्वप्न स्वर्ग- स्वप्न वर्तमान, नस्ट्याल्जिया फ्यान्टासीमा- अडिएको- अनवरत अस्तित्व यात्रा, मानौं पहिलो सुल्टो जुलूस हो इतिहासको। सबेरै- हाइना हाँस्छन्, साझै- कुखुरा बास्छन्; नयाँ बिहान? गोधूलिमै हराउँछ। उल्टो हात- उल्टो पाइला- उल्टो ताल- उल्टो चाल, यस्तै छ- यहाँको हाल।

-
धुवाँमा अनुहार हराए, सडकमा पाइला हराए, सहरमा सबैले- ठेगाना सोध्दै हिँड्छन्, तर यहाँ कसैलाई- बाटो थाहा हुँदैन।

-
कहीदिन अधि, यस्तै कसैको बेतुकका कुरा सुन्दा झर्को लागेर होला, एक जानालाई तीन प्रस्न भन्दै सोध्न सुरु गरेथेँ। १। को/कस्तो राजा ल्याउने? २। राजा कसरि ल्याउने? ३। राजा आएर/ल्याएर के हुन्छ त? मैले सोध्न मिल्थ्यो कि नाईँ, थाह भएन, तैपनि सोधी नै त हालेँ। प्रस्नहरू सामान्य नै थिए, उत्तरहरू असजिलो हो, वा असम्भब, के हो कुन्नी, अझैसम्म पनि अनुत्तरीत नै छन।

-
आज, २०८१ साल असोज २३ गते, पुरेत बाजेको निम्ति षष्टीको दिन, दशैँ मनाउनेहरूको निम्ति दशैँ सुरु हुन अघिको दिन, दशैँ नमनाउनेहरुको निम्ति बिदा सुरु हुने दिन, मेरो निम्ति, फेरी अर्को शिशिर-वसन्तको यात्रा सुरु गर्ने दिन, साथीहरू भन्ने गर्थे, आडम्बर देखाउनै भएपनि मैले केक र मोमबत्ती बाल्नुपर्छ रे, दुनियाँलाई देखाउनै भएपनि मैले मिठाई बाँड्नुपर्छ रे; मर्दा-मर्दै…

- Articles (23)
- English (23)
- English Poetry (8)
- History (12)
- Letters (3)
- Monologues (6)
- Musings (25)
- Nepali (49)
- Nepali literature (43)
- Nepali Poetry (43)
- Poetry (48)
- Ramblings (42)
- Science (7)
- Stories (2)
- January 2026 (4)
- December 2025 (6)
- November 2025 (6)
- October 2025 (6)
- September 2025 (2)
- August 2025 (7)
- July 2025 (3)
- June 2025 (4)
- May 2025 (4)
- April 2025 (27)
- March 2025 (6)
- December 2024 (1)
- October 2024 (1)
- September 2024 (1)
- March 2023 (1)
- February 2023 (1)
Akkad (5) Biology (5) Caste System (4) hinduism (6) History (9) literature (54) love (7) love poems (6) Mesopotamia (6) muse (22) Musing (21) Nepal (31) Nepali (5) Nepali Poetry (6) nepali politics (17) Nepali Society (4) New York (12) nostalgia (4) Poetry (51) random musing (29) romance (9) romantic (5) Science (5) Sumer (7) Writing (37) कविता (5) नेपाल (37) नेपाली कविता (18) नेपाली राजनीति (4) नेपाली साहित्य (4)
who tells the birds where to fly?
© 2025 all rights reserved. Designed with WordPress.
