Tag: hinduism

  • मलाई थाहा छ – मेरो चार दिन सकिएपछि, आँगनको ढोकाले फेरि – मलाई भित्र बोलाउनेछ: फूलको थुँगाभित्र – शुद्धताको ढोंग छर्किनेछ। अनि मैले – देवी भएको अभिनय गर्नुपर्छ।

    Interested? Read more….

    छाउपडीको छायाँ

  • म सीता, म माटोकी छोरी, अझै वनवासी, अझै प्रश्नवाची। कहिले जनकपुर, कहिले अयोध्या, कहिले वनवास, कहिले ऋषिको कुटी; म कहिल्यै घरकी भइन। कसरी प्रमाणित गरूँ – म यही माटोकी छोरी? कसरी देखाउँ तिमीलाई – मेरो गर्भमा हुर्किएको पीडा?

    Interested? Read more….

    लव-कुशको नागरिकता।

  • म थरबाट जन्मिएँ – तर थर कहिल्यै मेरो थिएन। त्यो बुवाको थर थियो, बुबाको पनि, हरेक बुबाहरूको इतिहासमा मातृकुल हराइरहेको प्रमाण। किनभने – म होइन, मेरो थर पो थियो यस देशको नागरिता।

    Interested? Read more….

    म थर नभएको आत्मा।

  • ऊ गलत जन्मिएको हो, ऊ पसिना भएर बाँच्छ, उसको नाम गलत, जात गलत, रगत गलत, छायाँ अपवित्र। आफूले बनाएको मुर्ती सजिएको मन्दिरको, ढोकामा परम्पराले लेखिदिएको छ – “अछुतलाई प्रवेश निषेध।”

    Interested? Read more….

    परम्पराको कारागार

  • If there is a creator of this universe, wouldn’t they belong to the whole cosmos, not just our tiny corner? In the grand scale of things, what are our prayers? Would this cosmic god be pleased with or endorse, what we’ve done in their name- wars, hatred, discrimination, and division?

    Interested? Read more….

    On This Tiny pale blue Dot, Why Such Deep Divides?

  • उनीहरु- शीवलाई सर्वशक्तिमान मात्र देख्ने, विष्णुलाई पालक मात्र देख्ने, रामलाई न्यायी मात्र देख्ने, कृष्णलाई आदर्श-पूरुष बनाउने। मैले- शिवलाई भाङ्ग-धतुरो खाने पनि देखेँ, मैले व्रिन्दालाई गरेको छल पनि देखेँ, मैले सीतामाथी गरेको अन्याय पनि देखेँ, मैले कृष्णको छल-कपट पनि देखेँ। मैले भनेँ- कृष्ण ‘क्यासानोभा’ थियो; उनीहरूको निधार खुम्चियो, ओठ बटारिए- अनि- फ्याट्ट प्रतिउत्तर आयो- “तँ बहुला…

    Interested? Read more….

    हो, म बहुला हुँ।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.