
kafkaintherun
who tells the birds where to fly?
Tag: nepali politics
-
हाम्रो स्मृतिमा, अझै धुवाँ बाँचिरहेको छ, अझै आकाश भाँचिँ नै रहेको छ। देश थकानको दिशामा, आफ्नै गतिमा घस्रिरहेको छ। हामी- ध्वंसलाई विकास भनिरहेका छौं, र हरेक भत्किएको घरभित्र आफ्नो डर सुरक्षित राखिरहेका छौं।

-
म पनि- सपना देख्थें देशको, नक्शा होइन, अनुहार भएको देश। जहाँ कविले बन्दुक होइन, कलम बोकेर गर्थे प्रतिवाद। जहाँ सपना- सिर्जनाको गर्भ, सिर्जना- विद्रोहको आवाज। तर मेरो सपना हरायो! हरायो- काठमाडौंको कन्क्रिट क्यानभासमा। जहाँ सडक चिल्लिन्छ र सपना चिप्लिन्छ।

-
म थरबाट जन्मिएँ – तर थर कहिल्यै मेरो थिएन। त्यो बुवाको थर थियो, बुबाको पनि, हरेक बुबाहरूको इतिहासमा मातृकुल हराइरहेको प्रमाण। किनभने – म होइन, मेरो थर पो थियो यस देशको नागरिता।

-
ऊ गलत जन्मिएको हो, ऊ पसिना भएर बाँच्छ, उसको नाम गलत, जात गलत, रगत गलत, छायाँ अपवित्र। आफूले बनाएको मुर्ती सजिएको मन्दिरको, ढोकामा परम्पराले लेखिदिएको छ – “अछुतलाई प्रवेश निषेध।”

-
नियात्रा: प्रश्न: के देख्यो? उत्तर: सानो मूसो। झम्टियो-मर्यो-खायो, रानी-लन्डन? हु केयर्स! देख्यो- सके जति गर्यो- सक्ने जति बाँधिएको- चेतना, विवेक, चाहना, आशक्ति, कर्म-फेट, ह्वाटईभर!

-
सबैको एउटै प्रश्न- “किन गरिस् यस्तो?” चतुरेले हाँसेन- आँसु पोख्दै भन्यो- “मल्न, मलेर दश लाख लुपियाँ कमाउन, म, बुहिनिहरु, अनि आमालाई भात किल्न।”

-
तर, सत्यचहिँ के हो भने, मान्छे बलेको आगोनै ताप्ने रहेछ, सायद त्यसैले होला, अहिले भिमको गधाको गर्व कसैले गर्दैनन्, युधिष्ठिरको इमानको चर्चा कसैले गर्दैनन्, अभिमन्युको गर्विलो चर्चा कसैले गर्दैनन्, भिष्मपितामहको तपष्याहरूको वृतान्त कोहि सुनाउँदैनन्, र आर्जुनको साहसी गित कोही गाउँदैनन्।

-
देशभक्ति; खुकुरीको धारसँगै चम्किएको थियो रे कुनैबेला, वीरहरूको गर्जनसँगै गर्जिएको थियो रे कुनैबेला, म, यति बेला इतिहास खाएर आफ्नो भोक टार्न सक्दिन, मलाई बलभद्रसँगै देशभक्तिले शाहदत पाएको थाह छ, मलाई अमरसिंहसँगै देशभक्तिले अवकाश लिएको थाह छ, मलाई भीमसेनसँगै देशभक्ति सेरिएको पनि थाह छ।

-
कार्की दाइलाई सोधेँ – “दाइ, तपाईँलाई राजा चाहिने कि राष्ट्रपति?” उनि फिस्स हाँसे, तर त्यो हाँसो हाँसो थिएन, तर त्यो हाँसो – सडकमा लडेको सपना जस्तै, टुक्रिएको थियो। भोक, थकाइ, र झोकको घोल थियो। “रामे-ज्ञाने जो आएपनि जो भएपनि के हुने हो र? एपटक हटाएर नयाँ संविधान त बनिसक्यो- म त अझै पनि बिहानको छाक…

-
मलाई विश्वास छ, मेरा- शब्दहरू- सपनाहरु- सम्भावनाहरूबाट, हुर्काउँदै गरेको- नयाँ बिहानीको सुषुप्त भ्रुण- भोली- स्वतन्त्र र स्वच्छ रानीपोखरी, र हाँसीलो- धरहरा बनेर आउनेछ, अवस्य आउनेछ। त्यो बिहानी-जहाँ- नयाँ दिनका किरणहरू, अन्धोझ्याल खोलेर चिहाउने हैन, ढोकाहरू ढकढक्याएर प्रकाशको लहर घामको उपहार बनि भित्र छिर्र्छन्। जसले- सारङ्गीजस्तो पेट लिएर घाम रेग्ने गोरेटो पार गर्नेहरुको भोक र पीडाका…

-
यो सडक, त्यो सडक- मान्छे, मोटर-पोखरी छिचोल्दै, निस्किएको – रहेछ त्यो जुलूस; किन?- खै। कसका लागि?- खै। के का लागि?- खै।

-
हुल बाँधेर- एकोहोरो ताली बजाउने, स्वप्न स्वर्ग- स्वप्न वर्तमान, नस्ट्याल्जिया फ्यान्टासीमा- अडिएको- अनवरत अस्तित्व यात्रा, मानौं पहिलो सुल्टो जुलूस हो इतिहासको। सबेरै- हाइना हाँस्छन्, साझै- कुखुरा बास्छन्; नयाँ बिहान? गोधूलिमै हराउँछ। उल्टो हात- उल्टो पाइला- उल्टो ताल- उल्टो चाल, यस्तै छ- यहाँको हाल।

-
कहीदिन अधि, यस्तै कसैको बेतुकका कुरा सुन्दा झर्को लागेर होला, एक जानालाई तीन प्रस्न भन्दै सोध्न सुरु गरेथेँ। १। को/कस्तो राजा ल्याउने? २। राजा कसरि ल्याउने? ३। राजा आएर/ल्याएर के हुन्छ त? मैले सोध्न मिल्थ्यो कि नाईँ, थाह भएन, तैपनि सोधी नै त हालेँ। प्रस्नहरू सामान्य नै थिए, उत्तरहरू असजिलो हो, वा असम्भब, के हो कुन्नी, अझैसम्म पनि अनुत्तरीत नै छन।

- Articles (23)
- English (23)
- English Poetry (8)
- History (12)
- Letters (3)
- Monologues (6)
- Musings (24)
- Nepali (44)
- Nepali literature (39)
- Nepali Poetry (38)
- Poetry (44)
- Ramblings (36)
- Science (7)
- Stories (2)
- December 2025 (4)
- November 2025 (6)
- October 2025 (6)
- September 2025 (2)
- August 2025 (7)
- July 2025 (3)
- June 2025 (4)
- May 2025 (4)
- April 2025 (27)
- March 2025 (6)
- December 2024 (1)
- October 2024 (1)
- September 2024 (1)
- March 2023 (1)
- February 2023 (1)
Akkad (5) Biology (5) hinduism (6) History (9) life (3) literature (48) little poems (3) love (7) love poems (5) Mesopotamia (6) muse (21) Musing (19) Nepal (27) Nepali (5) Nepali Poetry (5) nepali politics (15) Nepali Society (4) New York (10) nostalgia (4) Poetry (45) random musing (27) romance (8) romantic (5) Science (5) Sumer (7) Writing (32) कविता (5) नेपाल (32) नेपाली कविता (13) नेपाली राजनीति (3)
who tells the birds where to fly?
© 2025 all rights reserved. Designed with WordPress.
