Tag: New York

  • ती नयनका गहिराई, त्यो एकाकार अधर; ती स्पर्शका न्यानोपन हरू, अनि ति चुलबुलाहट, एक अर्कामा विलय हुने कल्पना; हराएर ती केश-राशीमा, तिमी-म, म-तिमी, हारेँ म तिमीसँग, पर्दैन अब बाँधिराख्न मोहनीमा, जित तिम्रै भयो- तिम्रै भए म। सुस्तरी-सुस्तरी-एकमुष्ट आऊ, समाउ हातहरू- नत्र बेहाल भए म।

    Interested? Read more….

    उसका लागि कविता।

  • उसका पातहरूमा – लेखिएका छन् घामका अक्षर। उसको मुटुमा – कुँदिएका छन् घामकै छायाँ। उसको गन्धमा – घुलिएका छन् घामको सम्झना। उ देखिएन भने पनि बाँच्छ, उ बुझिएन भने पनि बोल्छ।

    Interested? Read more….

    घाम र फूलको प्रेम गीत।

  • जसलाई कहिल्यै घडीले देखाउँदैन, तर सँधै आकाशले नियालिरहन्छ। आकाश खुल्ला थियो– हावासँगको असमझदारी जारी थियो, त्यो मौन बगैंचामा स्मृतिको। उसको गुलाबी गालामा बादल बिसाएझैँ लाग्थ्यो, जहाँ सूर्य अस्ताउँदै थियो– तर सामान्य अस्त होइन– हाम्रो सम्बन्धको अन्तिम उज्यालो।

    Interested? Read more….

    साँझको मौनता।

  • sunshine- in human form. knowing she exists, here. now. in this universe- somewhere, anywhere. too holy to touch, too human to forget. not to be held- to be known. and that knowing, softens me. my being. this joy- only a feeling, only for her being.

    Interested? Read more….

    she is not here- but she is everywhere.

  • the sky- doesn’t beg to be noticed it stretches slow and wide like a secret finally told. one last dance before folding into the arms of dusk, one last twirl into dusk’s arms. sunsets- sometimes feel like the beginning of a goodbye, or perhaps it is the sun screaming not yet. not yet. not yet.

    Interested? Read more….

    sunset hues, again with the blues.

  • भिडको- एकान्तमा फक्रिएको मोहक उन्माद, एकनासको बेहोसीपछी देखा परेको, एक सुन्दर सपना। देख्न नसकिने तर ओठमै अल्झिएको एक अस्फुष्ट चित्कार सुर्यास्त पछिको अन्धकार जस्तै मनको एकान्तमा अझै केही उज्यालो बाँकी छ। मनभित्र- गुँड बनाउनेले किन होला बारम्बार खोज्ने उड्नलाई? आकाश अझै फाटेको छैन सपना भत्किँदै जान्छ- अर्धचन्द्रमा बनेर। केही चर्किने- कही भत्कने अर्ध- सपना, अर्ध-…

    Interested? Read more….

    मौन प्रतिबिम्ब

  • ज्ञात, अज्ञात सबै- मुखौटा जलाएर हात- फिँजाउदै भन्छु मेरो- पागलपन पनि तिमि अनि- आशा पनि तिमि। हरेक रहर- हरेक सपनाहरु रहरहरू- केही- कल्पना हरू बेरङी- केही- विपनाहरू बेतुकको- कल्पना बहुलठ्ठको पाहडको- त्यो सानो घर “जिन्जर क्याट, एन्ड ए पग।“

    Interested? Read more….

    ए! तिमि।

  • लाग्छ, धेरै ताराहरू मिलेर बनेकी छे ऊ; रातको अँध्यारोमा चम्कन्छे उही, लाग्छ, ऊ घाम हो; जसको वरिपरी घुमिरहेको छु, जसको उज्यालोमा, मस्त झुलेका- मेरा नयनहरू, हरेक ति कुण्ठाहरू, शरीरभरी चलेका आँधीपुराणहरू। रमिरहेको छु, ती सम्झनाहरूमा, ती कल्पनाहरूमा, बाँच्न बाँकी दिनहरू, रमाउन बाँकी सपनाहृरू, कुरेर बसेका कल्पनाहरू, साकार बनाउन थाँती- रहरहरू।

    Interested? Read more….

    ऊ-ध्रुव, म-परिक्रमा 

  • धुवाँमा अनुहार हराए, सडकमा पाइला हराए, सहरमा सबैले- ठेगाना सोध्दै हिँड्छन्, तर यहाँ कसैलाई- बाटो थाहा हुँदैन।

    Interested? Read more….

    धुवाँमा चलेको सहर

  • कहीदिन अधि, यस्तै कसैको बेतुकका कुरा सुन्दा झर्को लागेर  होला, एक जानालाई तीन प्रस्न भन्दै सोध्न सुरु गरेथेँ। १। को/कस्तो राजा ल्याउने? २।  राजा कसरि ल्याउने?  ३। राजा आएर/ल्याएर के हुन्छ त? मैले सोध्न मिल्थ्यो कि नाईँ, थाह भएन, तैपनि सोधी नै त हालेँ। प्रस्नहरू सामान्य नै थिए, उत्तरहरू असजिलो हो, वा असम्भब, के हो कुन्नी, अझैसम्म पनि अनुत्तरीत नै छन।

    Interested? Read more….

    प्रस्न सोध्यो भनेर पछी लाग्ने हरूलाई जवाफ।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.