
kafkaintherun
who tells the birds where to fly?
Tag: romance
-
नोस्टालजिया पसल- कहिल्यै बन्द हुँदैन यहाँ जीवन टुक्रिन्छ र समय हुर्किन्छ, उसका अधुरा सम्झनाहरू गुनासो र मायाको छाप बोकेर मलाई बाँधिरहन्छ। म पसल छोड्न खोज्छु, तर ढोकाबाहिर निस्कँदा फेरि पसलमै फर्केको पाउँछु, “उसको अनुपस्थिति नै मेरो उपस्थितिको कारण हो।” नोस्टालजिया पसल- मभित्र छ र म यस पसलको, नियमित ग्राहक सम्झनाहरू बाँचिरहेको।

-
उसका पातहरूमा – लेखिएका छन् घामका अक्षर। उसको मुटुमा – कुँदिएका छन् घामकै छायाँ। उसको गन्धमा – घुलिएका छन् घामको सम्झना। उ देखिएन भने पनि बाँच्छ, उ बुझिएन भने पनि बोल्छ।

-
stay, alive in my head a little longer. stay, so that I may go on writing poems against forgetting. stay, so, I may keep on living fighting for surviving.

-
जसलाई कहिल्यै घडीले देखाउँदैन, तर सँधै आकाशले नियालिरहन्छ। आकाश खुल्ला थियो– हावासँगको असमझदारी जारी थियो, त्यो मौन बगैंचामा स्मृतिको। उसको गुलाबी गालामा बादल बिसाएझैँ लाग्थ्यो, जहाँ सूर्य अस्ताउँदै थियो– तर सामान्य अस्त होइन– हाम्रो सम्बन्धको अन्तिम उज्यालो।

-
भिडको- एकान्तमा फक्रिएको मोहक उन्माद, एकनासको बेहोसीपछी देखा परेको, एक सुन्दर सपना। देख्न नसकिने तर ओठमै अल्झिएको एक अस्फुष्ट चित्कार सुर्यास्त पछिको अन्धकार जस्तै मनको एकान्तमा अझै केही उज्यालो बाँकी छ। मनभित्र- गुँड बनाउनेले किन होला बारम्बार खोज्ने उड्नलाई? आकाश अझै फाटेको छैन सपना भत्किँदै जान्छ- अर्धचन्द्रमा बनेर। केही चर्किने- कही भत्कने अर्ध- सपना, अर्ध-…

-
ज्ञात, अज्ञात सबै- मुखौटा जलाएर हात- फिँजाउदै भन्छु मेरो- पागलपन पनि तिमि अनि- आशा पनि तिमि। हरेक रहर- हरेक सपनाहरु रहरहरू- केही- कल्पना हरू बेरङी- केही- विपनाहरू बेतुकको- कल्पना बहुलठ्ठको पाहडको- त्यो सानो घर “जिन्जर क्याट, एन्ड ए पग।“

-
‘a fishermen knows- the sea is dangerous and the storm is terrible’, but that doesn’t – keep him ashore. it’s his hope: of chasing dreams- of loving the living- and the fight of becoming, that brings him back into the open sea, today, tomorrow and all the days after.

-
लाग्छ, धेरै ताराहरू मिलेर बनेकी छे ऊ; रातको अँध्यारोमा चम्कन्छे उही, लाग्छ, ऊ घाम हो; जसको वरिपरी घुमिरहेको छु, जसको उज्यालोमा, मस्त झुलेका- मेरा नयनहरू, हरेक ति कुण्ठाहरू, शरीरभरी चलेका आँधीपुराणहरू। रमिरहेको छु, ती सम्झनाहरूमा, ती कल्पनाहरूमा, बाँच्न बाँकी दिनहरू, रमाउन बाँकी सपनाहृरू, कुरेर बसेका कल्पनाहरू, साकार बनाउन थाँती- रहरहरू।

- Articles (23)
- English (23)
- English Poetry (8)
- History (12)
- Letters (3)
- Monologues (6)
- Musings (24)
- Nepali (44)
- Nepali literature (39)
- Nepali Poetry (38)
- Poetry (44)
- Ramblings (36)
- Science (7)
- Stories (2)
- December 2025 (4)
- November 2025 (6)
- October 2025 (6)
- September 2025 (2)
- August 2025 (7)
- July 2025 (3)
- June 2025 (4)
- May 2025 (4)
- April 2025 (27)
- March 2025 (6)
- December 2024 (1)
- October 2024 (1)
- September 2024 (1)
- March 2023 (1)
- February 2023 (1)
Akkad (5) Biology (5) hinduism (6) History (9) life (3) literature (48) little poems (3) love (7) love poems (5) Mesopotamia (6) muse (21) Musing (19) Nepal (27) Nepali (5) Nepali Poetry (5) nepali politics (15) Nepali Society (4) New York (10) nostalgia (4) Poetry (45) random musing (27) romance (8) romantic (5) Science (5) Sumer (7) Writing (32) कविता (5) नेपाल (32) नेपाली कविता (13) नेपाली राजनीति (3)
who tells the birds where to fly?
© 2025 all rights reserved. Designed with WordPress.