
kafkaintherun
who tells the birds where to fly?
Tag: Writing
-
दिनहरू चल्छन्, तर समय हिँड्दैन। चेतनाको एउटा छाल आउँछ, तिम्रो यादलाई किनारमा छोड्छ, र फेरि आफ्नै गहिराइतिर फर्कन्छ।

-
पृथ्वीनारायण! तिमी आयौ? सिंहदरबारको गेटमा उभिएको सालिकले ठड्याएको औँला अब देश हाँक्ने बाटो होइन, युवाहरूलाई ‘एयरपोर्ट’ को बाटो देखाइरहेछ।

-
तर आज, यो साँघुरो गल्लीमा उभिँदा, आफैँसँग झूट नबोल। तिमी यहाँ ल्याइएका होइनौ। तिमी आफैँ आइपुगेका हौ – थकित निर्णयहरूको बाटो हुँदै। शहरले तिमीलाई निलेको हैन। तिमीले आफैँ यसको लयसँग आफ्नो सास मिलाउन सिकेका हौ। त्यसैले त खोलाको सुसाइ अब तिमीलाई चर्को लाग्छ, र मौनताले तिमीलाई असहज बनाउँछ।

-
यो सहर मेरो रोजाइ होइन- मेरो थकानको निरन्तरता हो। यहाँ समय बग्दैन, ऊ मेरो नाडीभित्र थाकेर अड्किन्छ, र दिनहरू हिजोका अधुरा बोझ बोकेर फेरि उठ्छन्।

-
गाउँको अन्तिम भित्तामा समय छैन- डरको ताल मात्र। उसको देह काम लाग्ने, तर छुन नहुने। उसले सिउँछे फाटेको लुगा होइन, आफूलाई। उज्यालो अब उत्तर होइन अवस्था हो।

-
हामी हिँडिरहन्छौँ- उज्यालोबाट अँध्यारोतिर, अँध्यारोबाट उज्यालोतिर। तर वास्तविकता कहिल्यै ठोस हुँदैन। रातभरि आफ्नै मनको तरल रूप बुझ्ने प्रयास मात्र हो, फेरि, फेरि, फेरि। बिहानीको घाम आँगनमा आइपुग्दा, अझै नखुलेको रहस्यजस्तै।

-
तिमीले पढिरहेकीछ्यौ मेरो मौनता, ओल्टाइ- पल्टाइ, भित्तामा झुण्डाइएका प्रश्न जस्तै। के तिमीले सुनेकी छ्यौ मैले नबोल्दै पोखिएका शब्दहरू? तिमी सोध्छ्यौ- “पर्खूँ कि फर्कूँ?” म त त्यो प्रश्नमै बाँचिरहेछु न पर्खाइको समय टुङ्गिन्छ, न फर्काइको बाटो खुल्छ।

-
वाद्यहरूको यो सेना उठोस्; सारंगीका तार, ढोलका ठोका, बाँसुरीका श्वासहरू एउटै तालमा मिल्छन हाम्रो सङ्गीतले कागजातमा लेखिएका दावीहरू पनि बचाउन। म सारंगी हुँ- मेरो तारबाट उठ्ने ध्वनि सुन। म ढोल हुँ- मेरो ठोकाबाट उठ्ने कदम देख।

-
बिहानको ३:१३ बज्यो। मैले यो लेख्नै नहुने। तर रात गहिरिएको छ, र रातलाई दयामाया छैन। मेरो कोठाको भित्ताबाट पानी र डढेको कफीको मिश्रित गन्ध आउँछ। अब पानी, पानीजस्तो लाग्दैन र भित्ताहरू तिम्रो नाम कानेखुसी गर्छन्। भुइँमा मेरो छायाँ घरीघरी बदलिन्छ। म आफैँलाई सम्झाइरहन्छु कि तिमीलाई नलेखूँ, तर पनि, हेर म यहाँ छु, सायद कहिल्यै नपठाउने…

-
तिमी बुझ्नेछौ; स्थिरता असम्भव छ, तर सुन्दरता हरेक बिहान सम्भव हुन्छ। अन्ततः ऐनाले तिम्रो अनुहार बोक्दैन अब त्यहाँ, तिम्रो आत्मा झल्किन्छ; ऐनाभित्रको घामको झिल्कोमा म लुप्त हुन्छु, तिमी बाँच्छौ; अरू धेरै जन्मदिनहरूका निमित्त।

-
कहिलेकाहीँ म आफ्नै छालाबाट बाहिर निस्केको छायाँ बन्छु- छायाँ जो हिँड्छ, तर वजन महसुस गर्न सक्दैन। छायाभित्रको शरीरलाई तानेर हेर्दा आफ्नै सास काट्ने सुइँ देख्छु। लाग्छ- कुनै नाटकको पर्दा, जो बारम्बार तानिन्छ, तर अन्त्य- कहिल्यै आउँदैन।

-
नोस्टालजिया पसल- कहिल्यै बन्द हुँदैन यहाँ जीवन टुक्रिन्छ र समय हुर्किन्छ, उसका अधुरा सम्झनाहरू गुनासो र मायाको छाप बोकेर मलाई बाँधिरहन्छ। म पसल छोड्न खोज्छु, तर ढोकाबाहिर निस्कँदा फेरि पसलमै फर्केको पाउँछु, “उसको अनुपस्थिति नै मेरो उपस्थितिको कारण हो।” नोस्टालजिया पसल- मभित्र छ र म यस पसलको, नियमित ग्राहक सम्झनाहरू बाँचिरहेको।

-
Another Sumerian city, Ur gradually replaced Uruk as the center of Mesopotamia in the first centuries of the next millennium. It would flourish into realms of untold wealth pushing the boundaries of what humanity thought was possible.

-
In the clay-bricked alleys of ancient Mesopotamia, a city of beer, bureaucracy, and myth gave the world its first written word- and its first great story.

-
In the beginning there was a great flood. Eridu was not built on conquest but on survival. After the flood, humans reshaped the desert with canals and clay, turning scarcity into storage, and floodplains into farms. It was here, in southern Mesopotamia, that the idea of civilization first took root.

-
म सीता, म माटोकी छोरी, अझै वनवासी, अझै प्रश्नवाची। कहिले जनकपुर, कहिले अयोध्या, कहिले वनवास, कहिले ऋषिको कुटी; म कहिल्यै घरकी भइन। कसरी प्रमाणित गरूँ – म यही माटोकी छोरी? कसरी देखाउँ तिमीलाई – मेरो गर्भमा हुर्किएको पीडा?

-
The vast floodplain of Tigris and Euphrates is simply known as Iraq or Bilad al-Rafidyan in Arabic meaning the land of the two rivers. We know the land and people of the ancient time more commonly by Greek name, Mesopotamia; Mesos meaning between and Potamus meaning river. For thousands of years, the two great rivers…

-
म माटो थिएँ- जहाँ हरेक चोट इतिहास बनेर उम्रन्थ्यो। म मौन रहँदा- तिमीहरूले सम्झियौ म कमजोर छु; भुल्यौ- म धैर्य हुँ म विस्मरण होइन।

-
म पनि- सपना देख्थें देशको, नक्शा होइन, अनुहार भएको देश। जहाँ कविले बन्दुक होइन, कलम बोकेर गर्थे प्रतिवाद। जहाँ सपना- सिर्जनाको गर्भ, सिर्जना- विद्रोहको आवाज। तर मेरो सपना हरायो! हरायो- काठमाडौंको कन्क्रिट क्यानभासमा। जहाँ सडक चिल्लिन्छ र सपना चिप्लिन्छ।

- Articles (23)
- English (23)
- English Poetry (8)
- History (12)
- Letters (3)
- Monologues (6)
- Musings (25)
- Nepali (49)
- Nepali literature (43)
- Nepali Poetry (43)
- Poetry (48)
- Ramblings (42)
- Science (7)
- Stories (2)
- January 2026 (4)
- December 2025 (6)
- November 2025 (6)
- October 2025 (6)
- September 2025 (2)
- August 2025 (7)
- July 2025 (3)
- June 2025 (4)
- May 2025 (4)
- April 2025 (27)
- March 2025 (6)
- December 2024 (1)
- October 2024 (1)
- September 2024 (1)
- March 2023 (1)
- February 2023 (1)
Akkad (5) Biology (5) Caste System (4) hinduism (6) History (9) literature (54) love (7) love poems (6) Mesopotamia (6) muse (22) Musing (21) Nepal (31) Nepali (5) Nepali Poetry (6) nepali politics (17) Nepali Society (4) New York (12) nostalgia (4) Poetry (51) random musing (29) romance (9) romantic (5) Science (5) Sumer (7) Writing (37) कविता (5) नेपाल (37) नेपाली कविता (18) नेपाली राजनीति (4) नेपाली साहित्य (4)
who tells the birds where to fly?
© 2025 all rights reserved. Designed with WordPress.
