प्रस्न सोध्यो भनेर पछी लाग्ने हरूलाई जवाफ।



इलन मस्कले टुइटर किनेर; के-के बनाइसक्यो-बनाइसक्यो अहीले, नभए त  म टुइटरमा टिएफसी नेपालकै जमानाबाट, यसैगरी नै छु। शीरासकाजीले “कति मीठो ह्यान्डल” भनेको भरमा,  उसैको सम्झनाका लागि, पहीले-पहीले नानाधरी ह्यान्डल भीरी हिड्ने म, सायद तपाईहरू धेरैजना भन्दा पहिले देखीनै पो होला की खै, यही नामबाट, टुइटरलाई “भेन्टीङ्ग” गर्ने याधन बनाएर चलाई राखेको नै थिएँ। समाचारहरू फलो गर्ने साधन, मनभरीका आँधीपुराणहरू पोख्ने माध्यम।”जे पाए त्यही धेरै लेख्यौ तिम्ले साथी, अब मैलै बल्क गरे है” भनेर, जमानामा मलाई, सँगै बस्ने, अझैपनि उत्तिकै मिल्ने साथीले, उहिलेबाट गरेको बल्क, अझै सम्म छ क्यारे कि नाइँ, खै!

यही ट्विटरमा, स्पेस भन्ने रमाइलो ठाउँ पनि हुने रहेछ, केही महिना अघिसम्म त मलाई थाह नै पो थिएन। कहिले काहीँ, आक्कल-झुक्कल, सुन्न मात्रै  भनेर जाने गर्थेँ, बिस्तारै बाक्लीदै गयो।  सुन्दै काम गर्न रमाइलो लाग्छ, कैले सुनीरा हुन्छु, धेरैजसो, सुनिरा’छ भनेर देखाइरहेको मात्रै पनि हुन्छ।

डम्बर सरले कति मिठो गरी सबैको कक्षा लिनु हुन्छ, विनोद सरले “यी लौरिलङ्गड” भन्दै एकाबिहानै समचार पढेर सबैको  बेलिबिस्तार सुनाउनुहुन्छ। धाराबाशी ठूलो’बा लाई, मैलै धेरैनै कपालहरू पहिले, स्कुले बेलामा, यौटा कबिता सुनाएको स्मरण गराउँदाको क्षण, ओहो!;  जोसीला दिदीले सुनाउने आमाका कथाहरू, अनि; पुर्वेलीले पढेको कर्नेलको घोडा, प्रसान्तले पढेका फीक्सन डीजाइन्स, जादुजी र डायरीजी, अनि अरूहरूले पढ्ने कविता, अनि गर्ने सबैथरीका अरू कुराहरू; बालखा मोहोदयका मोनोलगहरु, सबै नै कति मिठो लाग्छ। पीकेजी, अनि नेपाली “मागा”हरूसँग लडीन्छ बेला-बेला; न्युट्रल भएर मात्रै नपुग्ने रहेछ असामान्य परिस्थीतीमा भन्छु म, अनि “इफ यु आर नट भोटीङ फर हिज अपनेन्नट, देन यु आर हेल्पीङ हीम वीन” भन्ने धारणा राख्ने  म पनि त नेपाली  ट्र्म्प सपोर्टर्सलाई फ्याट्टै ‘शुतुर्मुर्ग” भन्दीनै हाल्छु। म गलत भए त कती उत्तम हु्न्थ्यो होला नै है।

प्रिथकजी र विजया दिदीहरूले अस्ती कति मिठो रोइला सुनाउनु भयो; विष्णु दाइले सबैलाई फ्याट्टै, मिठो गरी “ए लाटा“ भनेर भन्दी हाल्नु हुन्छ। मर्सिडीस, स्यान्टो र भल्टुले सबैलाई उदाहरण दिएर र प्रस्न  सोधेरै हैरान गरेर तह लगाउँछन।  सल्ललेरीले प्रश्न सोधेरै सबैलाई स्पेसबाटै भाग्ने बनाउँछन, शोयम्भू बढा’बाले ‘अरूलाई मात्रै’ “प्लीज” भनेको सुन्न चैँ गजब्ब नै हुन्छ। साधना दीदी, सभिना र सीतास्माले कति मोठो कविता सुनाउँछन्। चिया चुरोट, अनि गीतादेखी एडिक्सन सम्मका आदी देखी-इट्यादीका कुरा गर्नैका निमित्त तुक मिलेसम्म नाम फेरेर आउने दाइहरू-दिदीहरू पनि हुनुहुन्छ। कोही दुर्गा  प्रसाई मार्टीन लुथर किङ हो भन्दै आउँछन्। कतिले त विदेश जाने सबै विदेशका दाश हुन् भनी भन्न सम्म पनि भ्याउनुहुन्छ। कोही ऐना हेरेर मात्रै बोल्न पर्नेहरु पनि आउनुहुन्छ, जान‍-अनजान छताछुल्ल भएर फर्कनुहुन्छ।

कोहीले चाहीँ फोगटको प्रस्न, अनि फोगटका तर्कले हैरानै पनि पार्ने गर्छन्, लागेकै बानी। कोही कुरा नभएपनि आउनुहुन्छ, कोही झुक्कीएर आउनुहुन्छ, कोहीँचाहिँ एकछीन सुनेर बोल्छू नि है भनेर बस्नुहुन्छ। कोही बोल्ने कुरा भएर/नभएर नै आउनुहुन्छ; धेरै जना रमाइलो गर्न आउनुहुन्छ, कोही गाडी/ट्रेन चड्ढा-चड्डै अलिकति भएपनि भनिहाल्छु भन्दैपनि आउनुहुन्छ। कोही काम  गर्दै-गर्दा खाप्चे परेर आउनुहुन्छ, कोही ठूला कुरा गर्छु भन्दै आउनुहुन्छ, कोही मेरो सानो कुरा छ सर भन्दै आउनुहुन‍्छ।

नेपाल र अमेरिकाको चुनाव, सन्सारभरीका यद्धहरू, सन्सारभरीका दु:खहरु; भागवत र तरुण तपसीका भाकाहरू, अनि सुमेर देखि सिन्धु र आजभोलीसम्म आइपुग्दा; जित्नेहरूकै त हुन, आखीर लेखीएका इतिहास, गरिनेपनि उनिहरूकै त कुरा हुनेनै भए, हैन र? अवश्यपनि; बेतुक बिस्टिने,  खै को-को हो, के-के हुन कुन्नी, “झोले”, “घन्टे”, “गणे”, “पन्चे”, “अरू”,” सबैखाले उस्तै नै हुने होलान की खै!  टुप्पल्लुक्क आउनु स्वभावीक नै भयो, नेपालीहरूमा  यस्तो त चलिहाल्छ की? 

तिहारमा झन्डीबुर्जा, वक्ताहरूको जन्मदीनहरू, साङ्गीतिक साँझहरू। कोही फ्री मार्केट र ट्यारीफ को कुरा गर्छ्न, कोही चाइनाको, कोही पेङ दोर्जे र गोल्डेन रोडको। सबैतिरका चौतारीहरूमा हुने चिया गफ मिसीएर, सबै नेपालीको तुक-बेतुक, सबैखाले कुरा हुने ठाऊँ, एकमुस्ट, सबैखाले नेपाली बोल्नेहरूको, जे पनि बोल्न-सुन्न पाइने साझा चिया पसल, सबैजाना समेटीने ठाउँ। यस्तै-यस्तै कुरा सुन्न्न रमाउँछु, बोल्नभन्दा अझै बढी सुन्नै रमाइलो लाग्छ। न्युयोर्कमा यौटा सानो टुक्रो जिन्दगी जिउँदै एक्लै बसिरहेको म, तपाइहरुले नेपाली बोलिरहँदा रमाइलो लाग्छ, सुनि बस्छु।

अवस्यनै, राजनिती को कुरा बढी नै गर्नु हुन्छ,फेरी हामी नेपालीहरु जतै भएपनि बानी उस्तै। अरूको कुरा गर्ने, यिनीहरूले सबै बिगारे, तिनिहरूले त खत्तम नै गरे भनेर भन्न, कसले किन बिगार्यो भनेर एनलाइसीस गर्न, यसरी गर्न पर्छ “भैरे” भनेर तुजुब सुझाउन, कस्ले पो भेट्छ र। यो, त्यो, आफूबाहेक सबै नराम्रो, हाम्रो पार्टीको सबै राम्रो, बाँकी तिमिहरू सबै झोले भन्दै वेढंङ्गका वक्ताहरू सुनेको सुन्यै गर्दा चाहीँ, अजब-गजब सबै नै लाग्दो रहेछ। टुइटरको ह्यान्डल बाहीर नचिनेका धेरै जनालाई यसरी सामु खुलेर, बोल्ने-सुन्ने, साथी बनाउन पाइएको छ। खाता भित्रका फरक-फरक मान्छेहरु, सबैको आफ्नै-आफ्नै ताल हुने, कोही रमाइलो गर्न आउने, कोही सिरीएस हुन आउने, कोही किताब सुझाउन आउने, कोही टल्ली भएर आउने, कोही ६० एम एल भन्दा-भन्दै आउने; मजस्ता धेरै गफ गरेको सुन्न मात्रै भएपनि आउने।

समुहहरु पनि हुने रहेछन, फरक-फरक; कोही सबैकुरा गर्ने, कोही केही कुरा मात्रै गर्ने, कोही केही कुरा गर्नै नचाहने; कतै भद्र भएर बोल्न पर्ने, कतै जे बोले पनि हुने। नेपालका पार्टी/धारणा अनुसारका फरक-फरक  विचारहरू  हुने त भै नै हाले, कसैले जे गरे पनि ठीक, कोही सँधै बेठीक, यस्तै-उस्तै-सँधै चलिरहने  नै भयो। कोही कुनै पार्टीका, कोही सबै पार्टीका, केही सबैको सात्तो खाने पनि हुनुहुन्छ, धेरैलाई त हुत्ती-न-सुत्ती।

यस्तै एक समुहका साथीहरू हुनुहुन्छ, “गणेहरूले देश बिगारे” र “राजा आउनुहुन्छ/पर्छ” भनेर रविन्द्रजी र राजेन्द्रजी हरूले भन्ने जस्तै, प्रायजसो सँधै यतातिर आएर  भन्न्ने/सुनाउने गर्नुहुन्छ। उहाँहरूले भन्ने गरेको भाषामा  सापटी लिएर भन्दा, ”गणे” हरूले देश बिगारे भन्ने कुरा मा त मेरो केही असहमति नै  रहेन, तर वर्तमान व्यस्थामा भैरहेको विथीतीको सामाधान राजा नै हो भन्नु चाहीँ साच्चिकै आशावादी हो की, गिरिजाबाबुले भन्ने गरेको शब्द सापटी लिँएर भन्नुपर्दा “प्रतिगमनकारी”?; मैले बुझिनँ। 

म राजनितीको कुरा हुँदा, धेरै जसो हजम हुन गार्हो सजिलो जस्तै भएपनि चपाएर नै सुनी बस्छु। कहिले काहीँ चाहीँ बेतुककै तर्कहरु  हजम नभएर, फीट्टफाट्ट साथीहरूले  “बिग्रेको रेडियोझै” भनेपनि वा छुचै लागे पनि एक दुई कुरा चाईँ भनि पनि हाल्छु। कही दिन अधि, यस्तै कसैको बेतुकका कुरा सुन्दा झर्को लागेर  होला, एक जानालाई तीन प्रस्न भन्दै सोध्न सुरु गरेथेँ।
१। को/कस्तो राजा ल्याउने?
२। राजा कसरि ल्याउने?
३। राजा आएर/ल्याएर के हुन्छ त?

मैले सोध्न मिल्थ्यो कि नाईँ, थाह भएन, तैपनि सोधी नै त हालेँ। प्रस्नहरू सामान्य नै थिए, उत्तरहरू असजिलो हो, वा असम्भब, के हो कुन्नी, अनुत्तरीत नै छन।

धेरै जनाको, राजा फर्केर आएपछी युटोपीया बनाइदेलान भन्ने “नस्टाल्जीया फ्यान्टासी” सुन्दा-सुन्दा कान-पाकेर सोधेको, अझ राजा आएपछी के के-के न होला भनेर भन्नेहरूलाई नबुझेर सोधेको। एक जना बोलिरहेको/सुनिरहेको वक्तालाई पहिले सोधेँ, उत्तर चित्त बुझेन, कसैल त दिनु होला कि भनेर अलि-अलि चिनेका/सुनेका अरू-हरूलाई सोध्न थालेँ। जान्ने टोपल्नेहरू अवस्यनै आइहाल्ने नै भए, पटक-पटक दोर्याउन खोजीरहने। फेरी काम सकेर यसो बोल्न खोज्दा, सबैको कोकोहोलोमा दोहरीँदै गयो। मलाई पनि “यि टाउकेहरूले चाहीँ के गरे त”, या, “राजा आएपछी सबैलाई देखाइहाल्छन”, वा, “राष्ट्रपतीको ढङ्ग पुगेन अनि सबैले हेपे” भन्ने खालका हजुरहरूका “कुल-एड” उत्तरहरू पनि फीक्का नै लागे, खोज्दै पछ्याइरहेँ। उत्तर दिन नचाहने हरूको त कुरै भएन, राजा न साजा भन्नेहरूलाई सोध्नुको उद्धेय नै के रयो र, हैन?

तेस्रो प्रस्नको, चित्तबुझ्दो उत्तर, एक जाना बाहेक खासै कसैले दिनु भएन। हारेर, मैले त सोध्न थाँती राखे है भनेर पटक पटक भनेकै हो। बिग्रेको रेडियो सुनेर मजा लिनु भएको हो की  खै, यो जाबोले हामीलाई प्रस्न सोध्ने ल्याकत किन भनेर हेएको हो, बुझ्न सकीन। बोलीनै मन नपरेको वा मजै लिएको भएपनि, बोल्न पर्ने ठाउँमा चलेको नै छ, बोल्न नपरी पनि चलिरहेको ठाउँमा नचलेर के नै हुने हो र। कसैले प्रस्न ‍सोधेकै आधारमा; पटक-पटक बेसुद्दीमै “इडीएट” भनिरहे, कसैले त “तलाईँ देशको माया लाग्दैन हो” भनेर भन्न सम्म भ्याए; मैले चिनेका र मान्ने, तर मलाइ चिन्नुनै नभएका केहि दाजु-दिेदीले “यसले स्पेसमा क्लाउट खोजेको हो” पनि भन्न भ्याउनुभयो। अनि, कसैले यो “रक्सीले लठ्ठ” भएर, कसैले “तोप तानेर” यस्तो गरेको हो त पक्कै पनि भन्नुनै भयो होला। के-के, यो-त्यो, सबै थोक भन्न बाँकी केही नराखी अझै पनि“तीन प्रस्न” भनेर जील्याउन थाँती धेरैले राख्नु भएन। 

उत्तर दिन खोज्ने हरुले दिएको उत्तरले चित्त बुझाउन नसक्नु तपाइहरूको कमजोरी भएजस्तै, प्रस्नै बुझाउन नसक्नुनै मेरो कमजोरी हो की भनेर लेखेरै बेलिबिस्तार सुनाउँदै छु।

पहिलो प्रस्न थियो, राजा को र कस्तो ल्याउने? धेरै जानाको फरक फरक धारणा हुने रहेछ यो कुरामा, कसैले सांस्कृतीक राजा ल्याउने भन्नु हु्न्छ, कसैले भने २०४७ सालको जस्तो भन्नु हुन्छ। त्यस्तै कोही-कोही महेन्द्र जस्तै सबैलाई तह लगाउने गरि ल्याउने पनि भन्नु  हुन्छ, अनि कोहि चाहिँ अहिलेको यथास्थितीमा रास्ट्रपतिको ठाउँमा राजालाई देशको प्रमुख बनाउनु पर्छ भन्नु हुन्छ। एक जानाले मिठो गरि यस्तो भए हुन्थ्यो होला भन्दै भन्नु हुनुहुन्थ्यो, राजालाई “लिमिटेड भिटो” दिएर प्रत्यक्ष कार्यकारी अनि, जान्नेहरुलाई संसदले अनुमोदन गरेर मन्त्री बनाउने भनेर। राजा राख्ने कि रास्ट्रपति राख्ने, कि दुबैजाना नराख्ने भन्ने कुरामा सहमति पछि गर्दै गरोँला, तर अहिले को व्यवस्था ले काम गरिरहेको छ, अनी हजुर हरुले पनि भन्ने जस्तै “यि टाउके” हरूले देश लुटी रहेका छैनन् भनेर चै मैले वकलात गरेको पनि हैन।

के-के न होला भनेर ल्याएको यो लोकतन्त्र को कान; देशका साना-ठूला सबै दलले, बाँडी-चुँडी टोक्न, ल्याएको नयाँ व्यवस्था  सुरु भए देखीनै सुरु गरेका हुन्, अझै छाडेका छैनन्। संघिएता को कन्सेप्ट राम्रो होला भनेर ल्याएका थिए की, मिलेर बाँडुला भनेर ल्याएका थिए कुन्नी?  कति काम नलाग्ने रहेछ भनेर अस्ती बाढी आँउदा छताछुल्ल सबैले देखिहाल्यौँ। अझ, सत्ता फेर्दै, हसु्र्दै  कहिले प्रदेशको नाम नै पो यो राख्ने कि अर्को  भन्दै जनता जुढाउँछन्, यी मरेका स्यालहरू। संघिएता र त्यो सँगै आउने ब्युरोक्रेसी, देशको अर्थतन्त्रको लागि कति महंगो छ भनेर तपाईहरूलाई म भन्दा धेरै नै थाह छ। मलाई यो समानुपातिक व्यवस्था रहुन्जेल कसैको स्पस्ट बहुमत आउँछ र स्थिर सरकार बन्छ भन्नेमा कति पनि विस्वास लाग्दैन। कसरी समानुपातीकमा छानिने त्यसको  त अहिले नकुरागरम।

अनि, ३ महिना बनाउने, ३ महिना चलाउने, ३ महिना टुटाउन खोज्ने, अनि जसरी भए पनि एक वर्षैमा अर्को सरकार बनाउने गोलमेच रहुन्जेल यथास्थीतीभन्दा फरक केही होला भन्ने कुरामा मलाई अलिकति पनि आशा छैन। पुराना ले त पहिले देखिनै गरिरेका हुन्, नयाँ भनेर हौसाएका हरुपनि खासै अछुतो दैखिएनन्। हुन त हाम्रो देशमा बिक्ने भनेका नै त रबि, हर्क, बालेन, अझ; आशीका र माहवीरहरू नै त हुन्। वहाँहरू नै अगाडी आउनु भएको छ, वहाँरुलाई नै मात्रै पत्याइन्छ पनि त फेरी । पटक-पटक यौटै अनुहारका नेताहरु सरकारमा आँउदै-जाँदै-फर्कदैँ, काम केही नगरेको देख्दा म र मजस्तै  धेरै जाना सायद आजित भैसक्नु भएको छ नै होला। सबैले के-के भने, के-के गर्दै छन्, के गर्लान्, लेखाजोखा छ र? सत्ताको भोग या रोग हो, पुराना नयाँ सबैलाई लागेको को छ। जसरी हुन्छ ठाउँमा पुग्ने, पुगेपछी आफूलाई र आफ्नालाई सके जति गर्ने, जसरी हुन्छ सत्तामा टीक्न खोज्ने, नसके फर्कने जोहो गर्ने।

फेरी यत्ति हुँदा हुँदै पनि हामी, वा भनौँ भने यो संसारनै, महेन्द्र जस्तो मोडल मान्छ भन्ने जस्तो मलाई लाग्दैन। फेरी राजाको कार्याकारी सासनको बेला राजाको आसेपासे नभएसम्म बाँकी सबै “रैती” नै भएर हेपीएर बस्नपर्ने भएर बसेको हामीले अझै बिर्सेको पनि छैनौँ  हो कि त। सक्ने भए एकैपटक, हिम्मत गरेर, कु गरेर नै भएपनि  राजा ल्याउनु पर्यो र सबैलाई ठेगान लगाएर चमात्कार गर्नेनै  साहस देखाउनू पर्यो। फेरी शाह राजा नै किन चाहियो वा, राजा या रास्ट्रपती नै किन पो चाहियो र। देशको कार्यकारीले केही यता-उता गर्न खोज्दा, संसदमा कसरी सबै मिलेर रोक्न पनि त सक्दा रहेछन् भनेर अस्ती भर्खर दक्षीण कोरीया मा देखिहाल्यौँ। 

हैन भने, मैले दोस्रो प्रस्नमा सोधेजस्तो कसरी ल्याउने त? कि राजा चुनाबमा उठेर सत्तामा आउन पर्ने भयो, हैन भने राजा यसप्रकारको ल्याउने सहमती गरेर जनमत मा जान पर्यौ। ज्ञानेन्द्र न त चुनाबमा उठ्न चाहान्छन् न त फर्केर आउन पनि राजी छन्, फेरी पारस, ह्रदयन्द्र वा अरु नै आउने तुक के हो त?  चुनाबमा जाने र त्यसै गर्नै पर्छ भन्ने एजेन्डा लिएर चुनावमा लडीरहेको पार्टीले चुनाब मा ल्याइरहेको परिंणाम देखीरहनु नै भएको छ। कोही राजा र राप्रपा भीन्न हुन भन्ने हरू पनि हुनुहुन्थ्यो; तर खै, राजेद्र लिङ्गदेनले जित्दा राप्रपा हाम्रो, उपनिर्वाचनमा डङ्रंङ्ग पछारीँदाचाहीँ झड्केलो, मैले ?; जम्मा-जम्मी यौटा भएको “राजा आइबक्सन्छ, देश बचाइबक्सन्छ” भन्ने एजेन्डा बोकेको पार्टी लाई पनि हारेपछी-छी र दुर-दुर गरेको अलि दहिच्यूरे लाग्यो मलाई। आम जनताहरू, स्पस्टसंग बरु यो व्यवस्था मा नै अरू विकल्प खोज्न तिर पो लाग्ने पो हो की भनेर त्यतैतिर ढल्कीरहेका छन्। मलाई अहिलेका “नया शक्ती” को पद्दतीप्रती कत्ती पनि आशक्ती छैन, तर, नयाँले गर्दा नै याथास्थीतीवादीहरूको चेतखुल्छ भन्ने कुरा मा मेरो कुनै अन्तरद्वन्द्व पनि छैन।

मैले बुझ्न सकिन या याहाँहरूले बुझाउन सक्नुभएन कुन्नी, फेरी हजुरहरूकै भाषा सापटी लिएर नै भन्नु नै पर्दा यि “टाउके”हरूले देश खत्तम बनाइसके, केही परिवर्तन अवस्यनै चाहिएको छ भन्ने कुरामा म त क्लियरनै थिएँ। के के न गरौँला भनेर ल्याएको वेवस्थाको विथितीले विरक्तीएको म र म मजस्ता अरू धेरै जाना हुनहुन्छ, तपाईहरुले “राजा फर्काउने” कुरा के हो त भनेर चुरो खोज्दै, भेटे जतिलाई प्रस्न सोध्नु सामान्य नै हो। प्रस्न नबुझ्न नखोज्नु,  वा उत्तर बुझाउन नसक्नु  कमजोरी तपाइहरूको पनि होला।

अनि, को-कस्तो-कसरी-किन भन्ने कुरामा क्लीयर हुनुहुन्न, फेरी राजा आएर देशलाई “युटोपीया”नै बनाउलान भन्ने “नोस्टालीया फ्यान्टासी” को ट्याउँट्याउँ बाहेक, व्यवस्थाको विथीती सुधार गर्न केही गर्नुभएको देखेको पनि छैन।  कि त कसरी हुन्छ, निरङ्कुस राजा ल्याएर सबैलाई “सिस्नो पानी” लगाएर एकै पटक “जादुको छडी” चलाउन पर्यो, हैन भने, संवैधानीक या सांस्कृतिक राजा ल्याएर, बाँडीचुँडी मा सरकार-संसद-न्यापालिका सप्पै फेरि पनि यसैगरीनै चलाइरहने हो भने, राजा आएर के के नै हुन्छ, भनेर उफ्रनेहरुले के हुन्छ त भनेर भन्न सक्नु पर्यो हैन र?

प्रस्न अनुत्तरीत नै रहे, चित्तबुझ्दो उत्तर खै कसैले पनि अहिले सम्म दिनु भएको छैन। प्रस्न सोध्ने तँ जाबो को के ल्याकत भनेर हो की, उत्तर दिने तुजुब नभएर हो, आँफै विचार गर्नुनै हुन्छ होला।
उत्तर भए दिनुहोला, हैन भने मेरा प्रस्न थाँती भए।

लामो लेखेँ, ठूलो कुरा गर्यो भन्नु होला, तैपनी यहाँसम्म पढीदीनुभएकोमा धन्यावाद, कृपया प्रतिकृया पनि छाडिदिनुहोला तल।पढ्डा-पढ्डै अल्छी लागेर आधा पढेर छाड्नेलाई पिङ्क फ्लोएडले कविता लेखिदीएकै छन्। नपढ्ने हरूको त यत्रै सित्ती। वर्णविन्यास मिलाउन कत्ति पनि जान्दिन, यसको लागि चाहिँ माफी माग्छु। सोध्नै पर्ने, वा, सोध्न हुने हो कि होइन, थाह भएन, तर सोधीसकेँ, उत्तर नभए त्यसैको पछी नलागी दिनुहोला है त।

कैले यत्तिकै सुनी बस्छु, कैले घत लागेर, चित्त नबुझे थपक्क निस्कने सुविधा छँदैछ, त्यसै गर्छु। मैले बोल्दा चित्त नबुझे हजुरहरूलाई पनि त्यसैगरी निस्कने सुबिधा छँदै नै छ। प्रस्न सोधेकै आधारमा चिन्दै चिन्दै “देशद्रोही”, “क्लाउट खोजेको”, “ढीपी गर्ने, डिप्रेस्ड इडिएट” जस्ता बिल्ला भिराउनु भएछ, सुनेरहेकै कतिजानाले;  बोलीरहनेनै कतिले त अझै “तीन वटा प्रस्न” भन्दै जिल्याएर संसार जितेझैँ गर्नुहुन्छ। ढीट लागेरनै लामो लेखेँ, प्रस्नहरू नाजायज हुन भनेर भनेको र यसोगरी उल्याएको पटक्कै पचाउन नसकैर नै जाँगर गरे।

आजलाई अस्तु।

Posted in , , ,


Leave a reply to Govind Belbase Cancel reply

One response to “प्रस्न सोध्यो भनेर पछी लाग्ने हरूलाई जवाफ।”

  1. Govind Belbase Avatar
    Govind Belbase

    गजब राम्रो चित्रण, सुन्दर अभिब्यक्ति, १० वर्षपछि प्रविधिले अर्को फड्को हानेपछि यो सन्दर्भले नस्टाल्जिक वनउनि होला हैनत ?

    Liked by 1 person


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.