भावसुन्य:


फेरि राजाकै कुरा:
फेरि अनुहारकै बहस-
आए पनि, नआए पनि,
के फरक?

जो आए पनि-
जसरि आए पनि-
जे भन्दै आए पनि-
परिणाम उही,
देशको अनुहार उस्तै,
हिजो जस्तो, आज जस्तै,
भोली पनि उस्तै।

नाम त बदलिन्छ,
तर सिंहासन त्यस्तै,
व्यवस्था उस्तै,
विथिति जस्ता को त्यस्तै-
जोगी सबै कान चिरेका।

सन् ६४:
रोम जलिरहँदा,
सम्राट निरो गाउँदै थियो,
बाँसुरीको धूनमा-
शहर खरानी हुँदै थियो।

सन् २०२५:
देश जलेको छ,
प्रधानमन्त्री-
टिकटक र टुक्का,
बिट-बक्सिङ‌ सुन्दै,
रमाउँदै, सुनाउँदै,
हामीलाई हँसाउँदै
बसिरहनुभएको छ।

किन? खै।
कसका लागि? खै।
केका लागि? खै।
यस्तै त हो नि-
चलेकै थियो, चलिरहन्छ,
रमाइरहेकै छौँ।

सडकमा-
टुक्रिएको भरोसा छ,
सिंहासन माथि-
घोषणाको खरानी थुप्रिएको छ।

जनता? सधैं उस्तै-
सस्तो मूल्यांकनमा उभिएको,
हतार-चटार-लतार-
कोकोहोलो अनि विवशता।

हुल बाँधेर-
एकोहोरो ताली बजाउने,
स्वप्न स्वर्ग- स्वप्न वर्तमान,
नस्ट्याल्जिया फ्यान्टासीमा-
अडिएको- अनवरत अस्तित्व यात्रा,
मानौं पहिलो सुल्टो जुलूस हो इतिहासको।

सबेरै-
हाइना हाँस्छन्,
सम्साँझै-
कुखुरा बास्छन्;
नयाँ बिहान?
गोधूलिमै हराउँछ।

उल्टो हात- उल्टो पाइला-
उल्टो ताल- उल्टो चाल,
यस्तै छ- यहाँको हाल।
Posted in , , , ,


Leave a reply to Bookaholic Swarnim Cancel reply

One response to “भावसुन्य:”


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.