बुद्ध वाज बर्न इन नेपाल।


हरेक शब्दमा,
बिस्ट्याउँछौं,
एके-४७ का बारुदहरू,
हरेक भावहरू,
ओतप्रोत हुन्छन्,
लोभले, ईर्ष्या ले,
घिनले, घमन्डले,
अनि खोक्रो आत्मसम्मानले,
थाह छैन- कसैलाई,
कर्मको,
बुद्धको मर्मको,
को छ हिँडेको- साँच्चीकै,
बुद्धले देखाएको बाटोमा?
संसारिक जन्जालमा जेलिएर,
ईर्ष्या, राग, अनि फुस्रो घमन्डका,
गोला बारुदले भरिएको,
ज्यानलाई डोर्याउँदै,
उक्लन्छौं,
स्वयम्भूका डाँडा,
डुल्छौं,
बौद्धका गल्लीहरू,
वर्षमा एक दिन,
आजै,
जन्माउन बुद्धको जन्मजयन्ती,
अनि भन्छौं,
ह्यासट्याग मा राखेर,
#BuddhawasBornInNepal
बुद्ध नेपालमा जन्मेको हो।
हरे मुर्ख नेपाली हो,
बुद्ध जन्मिँदैनन्,
यौटा राजकुमार जन्मेको थियो,
बाँचो,
आफनै कर्मले,
ज्ञानको ज्योती पायो,
बुद्धत्व पायो,
बोधिसत्व भयो
भने बुद्ध.. बस। 
Posted in , , , ,


Leave a reply to Bookaholic Swarnim Cancel reply

4 responses to “बुद्ध वाज बर्न इन नेपाल।”

  1. dragonthoughtfully8750a81fa2 Avatar
    dragonthoughtfully8750a81fa2

    Good evening Kafkaintherun 😊,

    I read it and liked it. Krantikari type ko lagyo:). Were/ are you Maoist? Haha- Just kidding. Ramro chha…

    Your reader!! Jhandai jhukkera real name lekheko 😊

    Like

    1. kafkaintherun Avatar

      Thank you…
      Haha.. I was never any -ist.

      Like

      1. dragonthoughtfully8750a81fa2 Avatar
        dragonthoughtfully8750a81fa2

        That’s okay… I was just kidding… keep writing and sharing hai…

        Like


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.