Tag: literature

  • भिडको- एकान्तमा फक्रिएको मोहक उन्माद, एकनासको बेहोसीपछी देखा परेको, एक सुन्दर सपना। देख्न नसकिने तर ओठमै अल्झिएको एक अस्फुष्ट चित्कार सुर्यास्त पछिको अन्धकार जस्तै मनको एकान्तमा अझै केही उज्यालो बाँकी छ। मनभित्र- गुँड बनाउनेले किन होला बारम्बार खोज्ने उड्नलाई? आकाश अझै फाटेको छैन सपना भत्किँदै जान्छ- अर्धचन्द्रमा बनेर। केही चर्किने- कही भत्कने अर्ध- सपना, अर्ध-…

    Interested? Read more….

    मौन प्रतिबिम्ब

  • we are here now, now, now. still fighting for becoming. time is- subjective sense of becoming We are only what we are. here, now- not what we were nanoseconds ago not what we were nanoseconds ago who gives a dam about ghosts from our pasts anymore? lets stop- being afraid of what’s here this ugly,…

    Interested? Read more….

    note to self.

  • तिमीले सोधेको कुरा सोध्न सक्दैन कसैले; किन भाग्यो उ सबैदेखी? के ज्ञान केवल जङ्गलमा मात्रै फुल्छ? के दरवारमा ज्ञान सम्भब थिएन? बाधक थियो कि तिम्रो प्रेम? बाधक थियो कि शीशुको त्यो मुस्कान? बाधक थियो कि राजमहला सुनौला झ्यालहरू? सर्वज्ञान सम्पन्न भूतपूर्व राजकुमार आज- उसको मौनताको अर्थ के यसोधरा? तिम्रो प्रशनको उत्तर के त्यही हो त?

    Interested? Read more….

    मौन बुद्ध।

  • मलाई विश्वास छ, मेरा- शब्दहरू- सपनाहरु- सम्भावनाहरूबाट, हुर्काउँदै गरेको- नयाँ बिहानीको सुषुप्त भ्रुण- भोली- स्वतन्त्र र स्वच्छ रानीपोखरी, र हाँसीलो- धरहरा बनेर आउनेछ, अवस्य आउनेछ। त्यो बिहानी-जहाँ- नयाँ दिनका किरणहरू, अन्धोझ्याल खोलेर चिहाउने हैन, ढोकाहरू ढकढक्याएर प्रकाशको लहर घामको उपहार बनि भित्र छिर्र्छन्। जसले- सारङ्गीजस्तो पेट लिएर घाम रेग्ने गोरेटो पार गर्नेहरुको भोक र पीडाका…

    Interested? Read more….

    म गर्भवति मान्छे, मलाई ..

  • ज्ञात, अज्ञात सबै- मुखौटा जलाएर हात- फिँजाउदै भन्छु मेरो- पागलपन पनि तिमि अनि- आशा पनि तिमि। हरेक रहर- हरेक सपनाहरु रहरहरू- केही- कल्पना हरू बेरङी- केही- विपनाहरू बेतुकको- कल्पना बहुलठ्ठको पाहडको- त्यो सानो घर “जिन्जर क्याट, एन्ड ए पग।“

    Interested? Read more….

    ए! तिमि।

  • यो सडक, त्यो सडक- मान्छे, मोटर-पोखरी छिचोल्दै, निस्किएको – रहेछ त्यो जुलूस; किन?- खै। कसका लागि?- खै। के का लागि?- खै।

    Interested? Read more….

    मेरो निन्द्रा। मेरो देश।

  • in the end, it is dreams, poetry, sunsets, mountain blues, someone’s smile, we all have an affair with beautiful things.

    Interested? Read more….

    dreams, poetry, sunsets.

  • उनीहरु- शीवलाई सर्वशक्तिमान मात्र देख्ने, विष्णुलाई पालक मात्र देख्ने, रामलाई न्यायी मात्र देख्ने, कृष्णलाई आदर्श-पूरुष बनाउने। मैले- शिवलाई भाङ्ग-धतुरो खाने पनि देखेँ, मैले व्रिन्दालाई गरेको छल पनि देखेँ, मैले सीतामाथी गरेको अन्याय पनि देखेँ, मैले कृष्णको छल-कपट पनि देखेँ। मैले भनेँ- कृष्ण ‘क्यासानोभा’ थियो; उनीहरूको निधार खुम्चियो, ओठ बटारिए- अनि- फ्याट्ट प्रतिउत्तर आयो- “तँ बहुला…

    Interested? Read more….

    हो, म बहुला हुँ।

  • लाग्छ, धेरै ताराहरू मिलेर बनेकी छे ऊ; रातको अँध्यारोमा चम्कन्छे उही, लाग्छ, ऊ घाम हो; जसको वरिपरी घुमिरहेको छु, जसको उज्यालोमा, मस्त झुलेका- मेरा नयनहरू, हरेक ति कुण्ठाहरू, शरीरभरी चलेका आँधीपुराणहरू। रमिरहेको छु, ती सम्झनाहरूमा, ती कल्पनाहरूमा, बाँच्न बाँकी दिनहरू, रमाउन बाँकी सपनाहृरू, कुरेर बसेका कल्पनाहरू, साकार बनाउन थाँती- रहरहरू।

    Interested? Read more….

    ऊ-ध्रुव, म-परिक्रमा 

  • देखिरहन्छु- सपनाहरू विपनामै, परीपरीका, थरीथरीका, रङ्गविरङ्गका, तर अनुभव गर्न सक्दिनँ, अँगाल्न पाउँदिनँ, अनि यथार्थले किच्छ। त्यसपछि सोच्छु- कस्का लागि हुन् यी सपनाहरू? केका लागि हुन् यी सपनाहरू? भक्कानिएर आउँछ, दुख्छ छाती।

    Interested? Read more….

    सपनाका यथार्थहरू।

  • हुल बाँधेर- एकोहोरो ताली बजाउने, स्वप्न स्वर्ग- स्वप्न वर्तमान, नस्ट्याल्जिया फ्यान्टासीमा- अडिएको- अनवरत अस्तित्व यात्रा, मानौं पहिलो सुल्टो जुलूस हो इतिहासको। सबेरै- हाइना हाँस्छन्, साझै- कुखुरा बास्छन्; नयाँ बिहान? गोधूलिमै हराउँछ। उल्टो हात- उल्टो पाइला- उल्टो ताल- उल्टो चाल, यस्तै छ- यहाँको हाल।

    Interested? Read more….

    भावसुन्य:

  • धुवाँमा अनुहार हराए, सडकमा पाइला हराए, सहरमा सबैले- ठेगाना सोध्दै हिँड्छन्, तर यहाँ कसैलाई- बाटो थाहा हुँदैन।

    Interested? Read more….

    धुवाँमा चलेको सहर

  • आज, २०८१ साल असोज २३ गते, पुरेत बाजेको निम्ति षष्टीको दिन, दशैँ मनाउनेहरूको निम्ति दशैँ सुरु हुन अघिको दिन, दशैँ नमनाउनेहरुको निम्ति बिदा सुरु हुने दिन, मेरो निम्ति, फेरी अर्को शिशिर-वसन्तको यात्रा सुरु गर्ने दिन, साथीहरू भन्ने गर्थे, आडम्बर देखाउनै भएपनि मैले केक र मोमबत्ती बाल्नुपर्छ रे, दुनियाँलाई देखाउनै भएपनि मैले मिठाई बाँड्नुपर्छ रे; मर्दा-मर्दै…

    Interested? Read more….

    आज मेरो जन्मदिन।

  • धत्, बिदाइ कति गार्हो हुन्छ है? म कतै धुवाँ बनेर उडिसकेको हुनेछु तिमीले यो पत्र पढ्दा। मेरो कमजोरीको समयमा, मेरो लागि पनि उर्जा दिएका थियौ तिमीले, यो पढेर पनि तिमी रुनेछैनौ भन्ने आशा गरेको छु। किन दु:ख मान्नु र, म त विगत हुँ, केही दिन कुरा भयो, रमाइलो भयो, होपफुल्ली यु इन्जोएड माई कम्पनि एस…

    Interested? Read more….

    कथा: पल्पसाको चिठ्ठी।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.