
kafkaintherun
who tells the birds where to fly?
Lens at Work:
A Day in Chinatown, Manhattan New York.








Recent Posts
-
मौनताको चिसो

तिमीले पढिरहेकीछ्यौ मेरो मौनता, ओल्टाइ- पल्टाइ, भित्तामा झुण्डाइएका प्रश्न जस्तै। के तिमीले सुनेकी छ्यौ मैले नबोल्दै पोखिएका शब्दहरू? तिमी सोध्छ्यौ- “पर्खूँ कि फर्कूँ?” म त त्यो प्रश्नमै बाँचिरहेछु न पर्खाइको समय टुङ्गिन्छ, न फर्काइको बाटो खुल्छ।
-
छायाँमा लुकेको उज्यालोको सत्य

छालाभित्र न्यानो सास मात्र बाँकी रहन्छ। जसरी नदी शब्दहरू नाघेर, अर्थहरू बिर्सेर, पहाड फोरेर बगेको हुन्छ, म बोल्छु, उसले सुन्छ, म हिँड्छु, उसले बाटो सम्झिन्छ। जसलाई उज्यालोले मात्र हल्लाउँछ। जसलाई छायाँले मात्र बचाइराख्छ।
-
वाद्यहरूको विरोध संगित

वाद्यहरूको यो सेना उठोस्; सारंगीका तार, ढोलका ठोका, बाँसुरीका श्वासहरू एउटै तालमा मिल्छन हाम्रो सङ्गीतले कागजातमा लेखिएका दावीहरू पनि बचाउन। म सारंगी हुँ- मेरो तारबाट उठ्ने ध्वनि सुन। म ढोल हुँ- मेरो ठोकाबाट उठ्ने कदम देख।
-
प्रिय तिमी, म तिम्रो आश गर्छु।

बिहानको ३:१३ बज्यो। मैले यो लेख्नै नहुने। तर रात गहिरिएको छ, र रातलाई दयामाया छैन। मेरो कोठाको भित्ताबाट पानी र डढेको कफीको मिश्रित गन्ध आउँछ। अब पानी, पानीजस्तो लाग्दैन र भित्ताहरू तिम्रो नाम कानेखुसी गर्छन्। भुइँमा मेरो छायाँ घरीघरी बदलिन्छ। म आफैँलाई सम्झाइरहन्छु कि तिमीलाई नलेखूँ, तर पनि, हेर म यहाँ छु, सायद कहिल्यै नपठाउने…
-
प्रिय म, (ऐनाभित्रको पत्र)

तिमी बुझ्नेछौ; स्थिरता असम्भव छ, तर सुन्दरता हरेक बिहान सम्भव हुन्छ। अन्ततः ऐनाले तिम्रो अनुहार बोक्दैन अब त्यहाँ, तिम्रो आत्मा झल्किन्छ; ऐनाभित्रको घामको झिल्कोमा म लुप्त हुन्छु, तिमी बाँच्छौ; अरू धेरै जन्मदिनहरूका निमित्त।
-
Dear you, I hope you.

I like you. I adore you. I love you. I hate the word, but it is the only one left. I love you. It is killing me. It is keeping me alive. I like you. I love you. I hope you. Listening to your heart is a tough task, I apologize for making you read…
-
कोठाभित्रको मानचित्र

कहिलेकाहीँ म आफ्नै छालाबाट बाहिर निस्केको छायाँ बन्छु- छायाँ जो हिँड्छ, तर वजन महसुस गर्न सक्दैन। छायाभित्रको शरीरलाई तानेर हेर्दा आफ्नै सास काट्ने सुइँ देख्छु। लाग्छ- कुनै नाटकको पर्दा, जो बारम्बार तानिन्छ, तर अन्त्य- कहिल्यै आउँदैन।
-
नोस्टालजिया पसल

नोस्टालजिया पसल- कहिल्यै बन्द हुँदैन यहाँ जीवन टुक्रिन्छ र समय हुर्किन्छ, उसका अधुरा सम्झनाहरू गुनासो र मायाको छाप बोकेर मलाई बाँधिरहन्छ। म पसल छोड्न खोज्छु, तर ढोकाबाहिर निस्कँदा फेरि पसलमै फर्केको पाउँछु, “उसको अनुपस्थिति नै मेरो उपस्थितिको कारण हो।” नोस्टालजिया पसल- मभित्र छ र म यस पसलको, नियमित ग्राहक सम्झनाहरू बाँचिरहेको।
-
छाउपडीको छायाँ

मलाई थाहा छ – मेरो चार दिन सकिएपछि, आँगनको ढोकाले फेरि – मलाई भित्र बोलाउनेछ: फूलको थुँगाभित्र – शुद्धताको ढोंग छर्किनेछ। अनि मैले – देवी भएको अभिनय गर्नुपर्छ।
-
उसका लागि कविता।

ती नयनका गहिराई, त्यो एकाकार अधर; ती स्पर्शका न्यानोपन हरू, अनि ति चुलबुलाहट, एक अर्कामा विलय हुने कल्पना; हराएर ती केश-राशीमा, तिमी-म, म-तिमी, हारेँ म तिमीसँग, पर्दैन अब बाँधिराख्न मोहनीमा, जित तिम्रै भयो- तिम्रै भए म। सुस्तरी-सुस्तरी-एकमुष्ट आऊ, समाउ हातहरू- नत्र बेहाल भए म।
- Articles (25)
- English (26)
- English Poetry (8)
- History (13)
- Letters (4)
- Monologues (7)
- Musings (27)
- Nepali (51)
- Nepali literature (44)
- Nepali Poetry (45)
- Poetry (49)
- Ramblings (44)
- Science (8)
- Stories (2)
- February 2026 (1)
- January 2026 (8)
- December 2025 (6)
- November 2025 (6)
- October 2025 (6)
- September 2025 (2)
- August 2025 (7)
- July 2025 (3)
- June 2025 (4)
- May 2025 (4)
- April 2025 (27)
- March 2025 (6)
- December 2024 (1)
- October 2024 (1)
- September 2024 (1)
- March 2023 (1)
- February 2023 (1)
Akkad (5) Biology (5) hinduism (6) History (9) literature (56) love (7) love poems (6) Mesopotamia (6) muse (22) Musing (21) Nepal (31) Nepali (5) Nepali Poetry (6) nepali politics (18) Nepali Society (4) New York (12) nostalgia (4) Poetry (53) politics (4) random musing (29) romance (9) romantic (5) Science (5) Sumer (7) Writing (39) कविता (5) नेपाल (39) नेपाली कविता (19) नेपाली राजनीति (4) नेपाली साहित्य (4)
who tells the birds where to fly?
© 2025 all rights reserved. Designed with WordPress.
